Loading...
|
पाँचथरः नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले निजगढ द्रुतमार्ग (फास्ट्रयाक) राज्यले बनाउने गरेको निर्णयप्रति आपत्ति जनाएका छन् ।
नेपाल शिक्षक सङ्घ पाँचथरको २७औँ स्थापना दिवसका अवसरमा बिहीबार फिदिममा आयोजित कार्यक्रममा उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा किनारा नलगाई राज्यले आफैँ बनाउने निर्णय गलत भएको टिप्पणी गरे ।
सरकारको नीति तथा कार्यक्रम सुन्दा राम्रो लागे पनि त्यो व्यवहारमा कार्यान्वयन गर्न नसकिने उनले बताए ।
कांग्रेसले सरकारको निगरानी गरिरहेको उल्लेख गर्दै नेता कोइरालाले आफूहरु सशक्त प्रतिपक्षमा बसिरहेको र आवश्यक परेका बेला सरकारमा जानसक्ने उल्लेख गरे ।

0 comments:
Post a Comment