कुन खानेकुरा कुनसँग मिलाएर खाँदा विषादी सरह हुन्छ थाहापाउनुहोस्

Loading...
कुन खानेकुरा कुनसँग मिलाएर खाँदा विषादी सरह हुन्छ थाहापाउनुहोस्

डिसीनेपाल डटकम आम चलन अनुसार मानिसहरु आफूलाई मनपर्ने खानेकुरा जति बेला पनि खाने गर्छन् । तर कतिपय खानेकुरा एक आपसमा मिश्रित हुँदा स्वास्थ्यमा गम्भिर असर देखा पर्दछ । आफ्ना घरमा भएका खाने कुरा मिलाएर खान खाए अमृत हुने नजाने विष सावित हुने चिकित्सक बताउँछन् । आज हामी कुन खाने कुरा कुनसँग मिलाएर खान हुँदैन भन्ने बारे जानकारी दिनेछौँ ।

१. घ्यु र मह बराबर मात्रामा मिसाएर कहिल्यै पनि खानु हुँदैन । घ्यू र महसँग चिसो पानीको सेवन पनि अत्यन्तै घातक मानिन्छ ।

२. दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको अधिकमात्र भएका फलहरु जस्तै भुँइकटर तरबुजा खरवुजा, काँक्रो, टमाटर, आदि कहिल्यै पनि खानु हुँदैन ।

३. दुधसँग दही, नून, कागती र अन्य फल मिसाएर खानु घातक मानिन्छ । जस्तै आँप, बयर, जामुन, बडहर, नरिवल, अनार आदी कुरा दुध वा दहीसँग कहिल्यै पनि नमिसाउनुस् ।

४. पानी पिउने वित्तिकै खरबुजा, काँक्रा, तरबुजा, बदाम र घ्यू तथा तेलजन्य खाद्य पदार्थसँग नखाँदा राम्रो हुन्छ ।

५. मह तातो दुधसँग कहिल्यै पनि खानु हुँदैन । तातो दुध पानी वा अन्य कुनै पनि तातो चिजसँग मह मिसाएर खानु हुँदैन मह आफैंमा तताएर पनि खानु हुँदैन ।

६. मुला र दुध एकसाथ खानु पनि अत्यन्त हानिकारक मानिन्छ । मुला र दुध एकसाथ खाँदा कुष्टरोग लाग्ने खतरा समेत हुन्छ ।

७. माछासँग दुध तथा दुधबाट बनेका खानेकुरा खानु घातक मानिन्छ ।

८. खरवुजा र हाँसको अण्डा मिसाएर खाँदा निकै घातक हुन्छ । तत्कालै ज्यान समेत जान सक्ने खतरा भएकाले खरबुजा र हाँसको अण्डा खानु हुँदैन ।

९. काँसको भाँडामा राखेको घ्यू खानु पनि हानिककारक मानिन्छ ।

१०. तेल तथा घ्यूमा बेसार फ्राइ गरी पकाइएका परिकारले विभिन्न रोग निम्त्याउने गर्छ ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment