आगो सल्किने ग्यालेक्सी नोट सेभेनबाट कसरी जोगिने ?

Loading...
असोज २५ । सामसुङले स्मार्टफोन ग्यालेक्सी नोट सेभेनको बिक्री तथा साटफेर बन्द गर्न आफ्ना साझेदारसँग आग्रह गरेको छ । नोट सेभेनको डिभाइसमा आगो लाग्ने समस्या देखिएपछि सामसुङले बिक्रीवितरण बन्द गर्न आग्रह गरेको हो । 

प्रयोगकर्तालाई अनुसन्धान चलिरहेकाले तत्कालका लागि ग्यालेक्सी नोट सेभेन अफ गरेर राख्न भनेको छ । सामसुङले गएको सेप्टेम्बरमा ब्याट्रि पड्किने समस्या देखिएपछि २५ लाखवटा नोट सेभेन बजारबाट फिर्ता गरेको थियो । पछि फेरिका सबै डिभाइस सुरक्षित रहेको जनाएको थियो ।
तर डिभाइस फेरिका फोनमा पनि आगो लाग्ने गरेको घटना सार्वजनिक भएको छ । यस्तो घटना सर्वाजनिक भएपछि सामसुङले आफ्ना साझेदार तथा बिक्रेतालाई तत्कालका लागि बिक्रीवितरण बन्द गर्न तथा प्रयोगकर्तालाई फोन स्वीच अफ गरेर राख्न आग्रह गरेको हो । सामसुङले ग्राहकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएको छ । 
कम्पनीले ग्यालेक्सी नोट सेभेनको बिक्री सधैँका लागि बन्द गर्ने तयारी गरेको दक्षिण कोरियका सञ्चार माध्यमले जनाएका छन् ।
Share on Google Plus

About Session Project

0 comments:

Post a Comment