Loading...
![]() |
विश्व किर्तिमान राख्ने होडमा भारतको एक गाईले एक कदम अघि बढ्दै दुनियाकै दुधालु गाइको किर्तिमान राखेको छ ।
पन्जाबको मोगा जिल्लास्थित नुरपुर हाकिमा गाउँको डेरी फार्ममा रहेको होलिस्टिन पि|mजियन जातको उक्त गाइले एक दिनमै ६६.७ लिटर दुध दिएर नयाँ रेकर्ड राखेको हो ।
हरप्रित सिंह हुन्दाल नामका किसानको डेरी फार्ममा रहेको उक्त गाइले पन्जाबकै लुधियाना जिल्लास्थित सरदारपुरा गाउँको अर्को गाइले राखेको रेकर्ड तोडेको छ ।
सरदारपुरा गाउँका दलजित सिंहको गाइले दिनमा ६१.८ लिटर दुध दिने गर्छ । हुन्दालको गाइले भने त्यसले भन्दा झण्डै ५ लिटर दैनिक बढि दुध दिने गरेको छ । हुन्दालले आफ्नो डेरी फार्ममा १४० गाइ पालेका छन् र दैनिक २ हजार लिटर दुध दुहुन्छन् ।
यी किसान हुन्दाल भारतका किर्तिमानी किसान पनि हुन् । यिनले भारतमा सबैभन्दा बढि दुध उत्पादन गर्ने किसानको राष्ट्रिय किर्तिमान समेत कायम गर्दै डेढ लाख भारु नगद पुरस्कार पनि पाएका छन् ।
मानविकी संकायमा स्नातक गरेका उनले पछिल्लो १० वर्षयता गाइ पालेर दुध उत्पादन गर्दै आएका छन् । उनले आफ्ना गाइले धेरै दुध दिनुमा गाइको खानपानमा नियमितता र स्वस्थता भएको बताउँछन् । सबैभन्दा बढी दुध दिने उनको गाइले दिनमा १५ किलो सम्म दाना खान्छ ।


0 comments:
Post a Comment