काठमाडौँ । हत्तपत्त नबोल्ने तर बोल्ने परे खुलेरै कुरा गर्ने नायकहरुको कोटीमा पर्छन् राजेश हमाल ।
मुलुकमा देखिएको अस्थिर राजनीतिक परिवेशमा एक अन्र्तवार्ताका क्रममा नायक हमालले मुलुक लामो समयदेखि अस्थिर राजनीतिको
भुमरीमा फस्न पुग्दा आजको अवस्था आइलागेको बताए ।
उनले देशले अख्तियार प्रमुख लोकमानसिंह कार्की जस्ता विषालु सर्प पालेको कारण त्यसले डस्ने वातावरण मुलुक र यहाँका शासकले नै सृजना गरेको भन्दै गम्भिर बने ।
अन्र्तवार्ताका क्रममा लोकमान जस्ता ब्यक्तिहरु पाल्नुभन्दा सही चिज पाल्नु उचित हुने उनले बताए ।
राजनीतिका विषयमा खुलेका उनले संविधान समयमा कार्यान्यवनका विषयमा पनि बोलेका छन् ।
0 comments:
Post a Comment