 |
सेक्स एउटा यस्तो कुरा हो जहाँ दुई जना व्यक्ति एक हुनेगर्छन् । आफ्ना माया दर्शाउने र आनन्दको अनुभुत गराउने सेक्सको प्रमुख भुमिका रहेको हुन्छ ।तर, यौन सम्बन्ध बनाउने क्रममा धेरै पुरुषहरुले आफ्नी श्रीमतीलाई सन्तुष्ट पार्न सक्दैनन् । उनीहरु लामो समयसम्म सेक्स गर्न चाहान्छन् तर असक्षम रहनछन् । यही चिन्ताका कारण पनि उनीहरुको सेक्स लाइफ राम्रो बन्न सक्दैन ।
पुरुषहरुको लागि लामो समय सेक्स गर्न लागि केही टिप्सहरु रहेका छन् । यस टिप्सहरु पालाना गर्न सकेमा पुरुषहरुले शिघ्र स्खलन हुने समस्याबाट मुक्त हुन सक्छन् । लामो समय विर्य धारण गर्न पनि पुरुषहरुलाई यी टिप्सहरुले मदत गर्छन् ।
१. शान्त रहनुहोस्
सेक्सका बखत नआत्तिनुहोस् । सेक्सका लागि पुर्ण तयार भएर बस्नुहोस् । शीघ्रपतन मानसिक समस्या हो । यस कारण पनि शान्त रहनु जरुरी छ । यस समस्यालाई हटाउन सक्नु भएमा लामो समय सेक्स गर्न सकिन्छ ।
२. रोमान्स गर्ने
धेरै पुरुष सोझै सेक्सका लागि हामफाल्छन् । तर, रोमान्सको महत्व सेक्स दौरान प्रमुख रहन्छ । रोमान्स गर्दा दुवैजनाले एकअर्कालाई सहज रुपमा लिने वातावरण निर्माण हुन्छ ।
३. रक्सी तथा चुरोटको सेवन बन्द गर्नुहोस्
धेरै रक्सी र चुरोट सेवनका कारण यौन सम्बन्धमा समस्या खडा हुने गर्छ । लामो समयसम्म सेक्स गर्ने क्षमतामा यसले कमी ल्याउने गर्छ ।
४. कण्डमको प्रयोग गर्नुहोस्
ज्यादातर पुरुषहरु कण्डोम प्रयोग गर्न हिचकिचाउने गर्छन् । तर, कण्डमको प्रयोगले लामो समयसम्म सेक्स गर्न सकिन्छ । यसले सुरक्षित सेक्स गर्न पनि मदत गर्छ ।
५. नियमित व्यायाम गर्नुपर्छ
राम्रो सेक्सको लागि दैनिक व्यायाम गर्नु अत्यन्त फलदायी हुन्छ । यसले शरिरलाई स्वस्थ राख्नुको साथै, सेक्स परफर्मनेसमा पनि उत्तिकै मदत गर्छ ।
६. पोजीशन बदलिरहनुपर्छ
एउटा अध्ययनमा भनिएको छ सेक्स पोजिशन फेरि फेरि सेक्स गर्दा सेक्स लाइफ अत्यन्त रोमान्टिक हुन्छ ।
७. स्टप–स्टाट टेकनिक अपानाउनु पर्छ
सेक्स गर्ने क्रममा केही छिन सेक्स गर्ने रोकिने र पुन सेक्स गर्ने सुरु गर्नुहुन्छ । यसो गर्दा लामो समय सेक्स गर्न र आनन्द लिन सकिन्छ ।
नेपालीपत्र बाट

0 comments:
Post a Comment