लक्ष्मी पुजाका दिन यी काम गरे हात पर्छ मनग्य धन

Loading...

काठमाडौँ । हिन्दु नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारमा पैसाकी देवी लक्ष्मीको विशेष पुजा गरिन्छ । जुन दिन तिाहारको तेस्रो दिनका रुपमा पनि चिनिन्छ । यो दिन घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ घरका झ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने प्रचलन छ । जानकारहरुका अनुसार यस दिनको तिहारको राती अशोकको रुख मुनी बत्ति बालेमा वा रुखको पुजा गरेमा पैसा हात पर्छ ।

तिहारमा यो रुख मुनी गहना र धनपैसा समेत राख्न सकिन्छ । यसो गर्द धन बढ्ने विश्वास गरिन्छ । यस दिन घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ ।

अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ ।

लक्ष्मी पूजा सकेपछि घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ । दिपावलीको समयमा लक्ष्मीको पुजा गरेपछि सबै कोठामा शंख र घण्ट बजाउनु शुभ मानिन्छ । दिपावलीमा बत्ति बालेपछि हनिमुनको समेत पुजा गर्नु उपयुक्त मानिन्छ । लक्ष्मीको पुजा गर्दा पहेला सिक्क प्रयोग गर्दा निक्कै राम्रो मानिन्छ । पहेंलो रंगबाट लक्ष्मी बढी खुसी हुन्छिन । दिपावलीको राती दोकान, पसल, कम्प्युटर लगायतका उपकरणमा समेत पुजा गर्नुलाई शुभ मानिन्छ ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment