Loading...
![]() |
काठमाडौं, २९ असोज - वीरगन्जको मुख्य बजार क्षेत्रमा दुई दशकदेखि कपडा पसल गर्दे आएका विशाल शर्माले यस वर्षको दसैंको सिजनमा दैनिक ७ देखि १२ हजार रुपैयाको मात्र कारोबार गरे। यो कारोबार बिगतका दसैंका तुलनामा आधाभन्दा कम हो। पहिले एउटै ग्राहकले १०,१२ हजार रुपैयाको कपडा खरिद गर्थे, उनले भने,यसपालि त दिनभरिमा पनि विगतको एउटै ग्राहक बराबरको कारोबार पनि भएन। शर्माका
अनुसार दसैंको किनमेलका लागि अघिल्ला बर्षसम्म हेटौंडा, नारायणगढ, निजगढ, पथलैया लगायत सहरबाट आउने ग्राहक यसपालि देखा परेनन्। वीरगन्जकै अधिकांस पुराना ग्राहकसमेत किनमेल गर्न आएनन्, उनले भने, दसैंको व्यापार चौपट भयो। लमो समयदेखि महावीरस्थानमा कार्पेट र पर्दाको व्यापार गर्दे आएका नवनीत अग्रवालका अनुसार यसपालिको दसैंमा हालसम्मकै कम कारोबार भयो। पछिल्लो एक दशकमा तीन पटक भएको मधेस आन्दोलनले वीरगन्जको दसैंबजार रौनकविहीन बन्दै गएको उनको अनुभव छ। कान्तिपुर दैनिकमा खबर छ।


0 comments:
Post a Comment