चीनलाई चार विकेटले पाखा लगाउँदै नेपाल एसिया कपमा छनोट

Loading...
काठमाडौं: विश्व कप क्रिकेट छनोटबाट बाहिरिएको नेपाल एसिया कप क्रिकेटका लागि छनोट भएको छ। आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनोट अन्तर्ग शनिबार भएको खेलमा नेपालले चीनलाई चार विकेटले पराजित गर्यो।

पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ८५ रन बनाएको थियो । ८६ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ६ विकेटको क्षतिमा ८८ रन बनाएको थियो । अर्को खेलमा थाइल्यान्डले हङकङलाई सात विकेटले हराई दिएपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको एसिया कप खेल्ने भाग्य जुरेको हो।

एसिया कप आगामी नोभेम्वर र डिसेम्वरमा महिनामा थाइल्यान्डमा हुनेछ । एसिया कपमा टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश, आयोजक थाइल्यान्ड र नेपालले प्रतिस्पर्धा गर्नेछन्।

नेपाल महिला विश्वकप २०१७ को एसियाली छनोटमा दोस्रो भएकोले एसिया कप खेल्न पाएको हो। एसियाली छनोट खेलमा थाइल्यान्ड १० अंक सहित शिर्ष स्थानमा रहँदै कोलम्बोमा हुने विश्व कप ग्लोबल छनोट खेलका लागि छनोट भएको छ।

यस स्पर्धामा नेपाल ६ अंक जोड्दै दोस्रो भयो । नेपालले खेलेका ६ खेलमा तीन जित र तीन हारको नजिता आत्मसाथ गरेको थियो । आजको अन्नपूर्ण पोस्ट्बाट
Share on Google Plus

About Admin

0 comments:

Post a Comment