यसरी साँच्चीकै दौडमा जित्यो कछुवाले खरायोलाई (भिडियो सहित)

Loading...
खरायो र कछुवाको दौड सम्बन्धी बाल कथा तथा बालगीत त सुनिएकै हो । तर यो नीतिकथा वास्तविकतामा आधारित भन्दा पनि बालबालिकाहरुलाई नैतिक शिक्षा दिनका लागि सिर्जना गरिएको हो भन्ने लाग्छ ।

दौडमा खरायोलाई कछुवाले जित्न सक्छ भन्ने कसैलाई लाग्दैन । र यो कथाको वास्तविकता पुष्टि गर्नका लागि सायद अहिलेसम्म कसैले पनि खरायो र कछुवालाई सँगै ट्रयाकमा दौडाएको पनि थिएन । तर हालै कछुवा र खरायोको वास्तविक दौड प्रतियोगिता भएको छ र जसमा नीति कथालाई पुष्टि गर्नेगरी कछुवाले दौड जितेको छ ।
थाइल्याण्डको प्रविधि तथा मोबाइल सम्बन्धी एक वेबसाइट इयुम रिभ्यूले खरायो र कछुवाको वास्तविक दौडको भिडियो तयार पारी अपलोड गरेको छ । मोबाइल फोनबाट रेकर्ड गरिएको उक्त भिडियो उक्त साइटको फेसबुक पेजमा अपलोड गरेको भिडियो अहिलेसम्म १ करोड ३० लाख भन्दा धेरैले हेरेका छन् ।

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment