Loading...
![]() |
काठमाडौंः समय परिवर्तन सँगै जीवनशैलीमा समेत परिवर्तन आएको छ। बदलिँदो जीवनशैली र खानापानले स्तनलाई क्यान्सरले कुरूप बनाउने गर्छ ।
संसारभर स्तन क्यान्सरबाट सबै महिलालाई जोगाउन अक्टोबर महिनाभरी स्तन क्यान्सरविरुद्ध विभिन्न कार्यक्रम गरिन्छ । क्यान्सर भन्नेबित्तिकै सबै डराउछन् । तर, मानिसले आफ्नो जीवनशैलीलाई सामान्य बनाएर नियमित परीक्षण गरेमा स्तन क्यान्सरबाट सहजै जोगिन सकिन्छ ।
विश्वभर जस्तै नेपालमा समेत स्तन क्यान्सले धेरैलाईपीडा दिएको छ । शनिबार अक्तोबर महिनाको पहिलो दिन स्तन क्यान्सर विरुद्ध विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
जनचेतना र्याली कार्यक्रमका सहभागी चिकित्सकले नियमित परीक्षण गरेमा स्तन क्यान्सरबाट जोगिने भएकाले त्यसका लागि समय छुट्ट्याउन महिलाहरूलाई आग्रह गरे । नेपालमा स्तन क्यान्सर हुने महिलाको संख्या बढ्दै गएको छ ।
पछिल्ला अध्ययनबाट १९ देखि ४० वर्ष उमेरका नेपाली महिलामा स्तन क्यान्सर बढी देखापरेको छ । पहिलेपहिले पाठेघरको मुखको क्यान्सरबाट नेपालका धेरै महिला ग्रसित हुन्थे । अहिले स्तन क्यान्सरले धेरै महिलालाई आक्रान्त पारेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार बच्चा नजन्माउनु, धेरै उमेरमा बच्चा जन्माउनु, स्तनपान नगराउनु, शरीरको वजनमा वृद्धि तथा रक्सीको अत्यधिक सेवन गर्नुले स्तनमा क्यान्सर हुने गरेको छ ।

0 comments:
Post a Comment