ब्लांकेट नओढी नसुत्ने यो कस्तो सिंह ?(फोटो सहित)

Loading...
के तपाइँले कुनै जनावर ब्लांकेट ओढेर सुत्ने गरेको सुन्नुभएको छ । अझ जंगलको राजा सिंह मानिसले ओढ्ने ब्लांकेट ओढेर सुत्दछ भन्ने कुरा सुन्नुभयो भने त पत्याउनै गाह्रो पर्ला ।


अमेरिकामा भने एउटा सिंह सधै ब्लांकेट ओढेर मात्र सुत्ने गरेको छ । ब्लांकेट ओढ्न पाएन भने यो सिंह सुत्दै सुत्दैन । अमेरिकाको टेक्सासस्थित इनसिन्क वाइल्डलाइफ रेक्स्यू पार्कमा रहेको यो ल्याम्बर्ट नामको सिंह ब्लांकेट ओढेर मात्र सुत्ने गरेको छ ।
वास्तवमा यो सिंहलाई एक व्यक्तिले आफ्ना  बच्चालाई साथी बनाइदिन डमरु छँदा खरीद गरेका थिए । बच्चाहरुसँग खेल्दा उक्त सिंहले निकै मस्ती गर्यो र केटाकेटीले जस्तै ब्लांकेट ओढ्ने बानी नै पर्यो । यो सिंह बढ्दै गएपछि ती व्यक्तिले उसलाई सन् २०१४ मा यो वन्यजन्तु उद्धार पार्कमा बुझाइदिए ।
 
घरमा मस्तीले बसेको सिंह त्यसरी चिडियाघरमा छाडिएपछि सुरु सुरुमा त सुत्दै सुतेन । उक्त चिडियाघरका कर्मचारीहरुले सिंह धेरै दिनसम्म नसुतेको देखेपछि एकदिन विचार गरे र उसलाई ओछ्यान तथा ब्लांकेटको व्यवस्था गरिदिए ।
यसरी ब्लांकेट तथा ओछ्यान देखेपछि उक्त सिंह त्यहीँ गएर मज्जाले सुत्यो । त्यस दिनपछि उक्त सिंहलाई लगातार सफा ब्लांकेट दिने गरिएको छ । अहिले यो सिंह दुइ वर्षको भैसकेको छ ।
यो सिंह ब्लांकेट ओढेर सुत्ने मात्र होइन अरु आम सिंहभन्दा फरक खेलौना तथा पानीसँग मज्जाले खेल्ने गर्दछ ।
Share on Google Plus

About Session Project

0 comments:

Post a Comment