विद्यार्थीको हनिमुनका लागि स्कुलले गर्‍यो परीक्षा स्थगित

Loading...
कुनै एक जना विद्यार्थीको खुसीका लागि स्कुलले केसम्म गर्नसक्ला ? साउदी अरबमा यो प्रश्नको अनौठो जवाफ पेश गरेको छ एउटा स्कुलले । उक्त स्कुलले आफ्नो एक नव विवाहित विद्यार्थीको खुसीका लागि अनौठो फैसला लिएको छ । नव विवाहित उक्त विद्यार्थीलाई हनिमुन मनाउनका लागि विदा दिइएको मात्र होइन, निर्धारित परीक्षालाई समेत पछि सारिएको छ ।

गल्फ न्यूजमा छापिएको खबर अनुसार उत्तरी साउदीको ताबुकका बासिन्दा १६ वर्षका अली अल किस्सीले गत मंगलबार बिहे गरेका थिए । स्थानीय स्कुलमा पढ्ने किस्सीको विवाहमा उनको स्कुलका  शिक्षक, विद्यार्थीसँगै स्कुलका सबै कर्मचारीहरुसमेत सहभागी भएका थिए ।
यसरी आफू नै सहभागी भएको आफ्नो विद्यार्थीको बिहेलाई स्मरणीय बनाउनका लागि स्कुलले एउटा कदम चाल्यो । स्कुलको व्यवस्थापनले उनलाई हनिमुन मनाउनका लागि एक हप्ताको छुट्टी दियो ।
यति मात्र होइन केही दिनबाटै सुरु हुने उनको कक्षाको परीक्षालाई पनि तत्कालका लागि स्थगित गरिएको छ । आफ्नो लागि विद्यालयले गरेको यस्तो निर्णप्रति किशोर बेहुलाले खुसी व्यक्त गरेका छन् । आफ्नो बिहेमा आफ्ना शिक्षक तथा विद्यार्थी साथीहरुलगायत उपस्थित भएर आफ्नो जिवनको नयाँ यात्राको लागि कामना गरेको र स्कुलले आफ्नो हनिमुनका लागि विशेष निर्णय गरिदिएको भन्दै उनी मख्ख छन् ।
Share on Google Plus

About Session Project

0 comments:

Post a Comment