दुनियाको रहस्यमय गाउँ : जहाँ हरेक दिन लाग्छ डढेलो, दिनदिनै जल्छन् घर

Loading...
यो दुनिया रहस्यको खानी नै हो भन्दा फरक पर्दैन, किनकी यहाँ मान्छेको बुद्धिले पर्गेल्नै नसकिने खालका धेरै ठाउँ छन् तथा घटनाहरु भैरहन्छन् ।
भारतको पश्चिम बंगालस्थित पुरुलिया जिल्लाको बेगुनकोदार रेलवे स्टेशन क्षेत्र पनि यस्तै रहस्यमय ठाउँ हो । मानिसहरु यसलाई भुताहा स्टेशन पनि भन्दछन् । अयोध्या हिलको नजिक रहेको यो स्टेशनलाई यदि तपाइँले गुगलमा खोज्नुभयो भने पनि विश्वको सबैभन्दा भुताहा रेलवे स्टेशनको पहिलो नम्वरमै आउँछ ।
यो रेलवे स्टेशनका बारेमा सन् १९६९ मा सुरु भएको एक अफवाहपछि त्यहाँ मानिसहरुको आवागमन बन्द भयो । उक्त रेलवे स्टेशनमा कुनैपनि रेलवे कर्मचारी खटिएर जान नमानेपछि रेलवे कार्यालयले उक्त स्टेशन बन्द गर्न बाध्य भयो । सोही भुताहा रेलवे स्टेशन नजिकैको बारतेला गाउँ अहिले चर्चाको केन्द्रमा छ ।

उक्त गाउामा केही दिनदेखि अनौठो घटना भैरहेको छ जसका कारण गाउँलेहरु आश्चर्यचकित मात्र होइन त्रसित पनि छन् । उक्त गाउँमा गत २५ डिसेम्बर यता झण्डै ६०।६५ पटक आगलागी भैसकेको छ । गाउँमा अचानक सुरु हुने आगो कहाँबाट लागेको हो भन्ने बारेमा गाउँलेहरुले नै पत्तो पाउन सकेका छैनन् ।
प्रहरीले गाउँमा दिनहुँ हुने आगलागीको कारण खोज्ने प्रयासमा गरिरहेको छ । हरेक दिन दुइ तिनवटा घरमा आगो लाग्न थालेपछि गाउँलेहरु डरले थुरुथुर भएका छन् । कतिपयले कतै भुतले नै आगो लगाइदिएको पो हो की भन्ने आशंका समेत गर्छन् ।
तर कतिपयले भने आगलागीको वैज्ञानिक कारणको खोजी गरिरहेका छन् । आगलागीका धेरैजसो घटना तलाउ आसपासका घरमा हुने गरेका छन् । त्यसकाण पानीको तलाउबाट उत्पन्न हुने कुनै प्रज्वलनशील ग्यासका कारण पटक पटक गाउँमा आगो लागेको हुनसक्ने आशंका समेत कतिपयले गरेका छन् ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment