दुनियाको चरम महिलावादी गाउँ, जहाँ बिहेपछि पनि परपुरुषसँग सहवास गर्न छुट हुन्छ

Loading...
सामान्यतया मुस्लिम मुलुकहरु तथा अफ्रिकी देशहरुमा महिलाहरु निकै पीडित रहेको र महिला अधिकारको विषय निकै दर्दनाक रहेको सुन्नमा आउँछ । तर यो दुनियामा अफ्रिकी देश र त्यो पनि मुस्लिम समाजमै यस्तो ठाउँ पनि छ जहाँ महिलाहरुले विश्वमै सम्भवत सबैभन्दा धेरै अधिकार तथा स्वतन्त्रता पाएका छन् ।


अफ्रिकाको नाइजरस्थित सहारा मरुभूमि क्षेत्रमा बस्ने एक इस्लामिक आदिवासी समुदायमा महिलाहरुलाई साँच्चीकै छाडा स्वतन्त्रता प्राप्त छ । सयौँ वर्ष पूरानो यो तुआरेग आदिवासी समुदायमा महिलाहरुलाई सर्वाधिकार प्राप्त छ ।

उनीहरुले कुनै पुरुषसँग बिहे भैसकेपछि समेत आफ्नो लोग्ने बाहेक अन्य परपुरुषसँग पनि यौन सम्बन्ध कायम गर्ने छुट प्राप्त गर्छन् । साथै उनीहरुलाई बुर्का लगाउनु पनि पर्दैन । यदि लोग्नेसँग तलाक भयो भने लोग्नेको सबै सम्पत्ति आफैले हडप्छन् । यो अति मातृसत्तात्मक समाजमा महिलाहरुले राज छ र धेरै कुराहरुको निर्णय महिलाहरुले गर्छन् । पुरुषहरु घरेलु कामकाजमा व्यस्त हुनुपर्छ ।

केटीहरु सामान्यतया २० वर्षभन्दा कम उमेरमा बिहे गर्दैनन् र बिहेपछि लोग्नेमाथि पूर्ण नियन्त्रण कायम गर्छन् ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment