लडाकु विमान भारतमै बनाउने तयारी ::

Loading...

नयाँ दिल्ली – भारतले ससर्त १२ अर्ब डलरसम्म पर्न सक्ने लडाकु विमान खरिदका लागि कम्पनीहरुलाई पत्राचार गरेको छ।

स्थानीय फर्मसँगको सहकार्यमा उत्पादन गर्नुपर्ने सर्तसहित विमान खरिदको प्रस्ताव भारतले अघि सारेको हो।

भारतले १ सय ५० वटा विमानको लागि प्रतिगोटा ६ करोड ५० लाखदेखि ८ करोड डलरसम्म तिर्ने सोच बनाएको छ, आईएचएस जेनका प्रतिरक्षा र उड्डयन विश्लेषक बेन मोर्सले भने।

भारतमै बनाउने सोचका साथ अधिकतम मूल्य निर्धारण गरेको जनाइएको छ।

यद्यपि, प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इन्डिया नीति फ्रान्ससँगको पछिल्लो सैन्य विमानको सम्झौतामा अवरोध आएको बताइएको छ।

फ्रान्सेली कम्पनी डासाउल्टले भारतीय वायु सेनालाई १ सय २६ राफेल लडाकु विमान बिक्री गर्ने बताइए पनि भारतमै उत्पदानको सर्तका कारण यसमा अवरोध आएको छ। आजको कारोबार दैनिकमा यो खबर छ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment