युद्धको खतराः यी ९ देशबीच युद्ध भए संसार खरानी बन्नेछ

Loading...

एजेन्सी । भारत र पाकिस्तानबीच यतिबेला युद्धको चर्चा छ । त्यस्तै चर्चा छ अमेरिका र रुसबीच पनि । रुसले त आफ्ना दशौं लाख नागरिकलाई आणविक हतियारको आक्रमणबाट बच्ने ड्रिल गराइरहेको छ । यी आणविक हतियारधारी देशबीचको तनावले अव विश्वमा तेश्रो विश्व युद्धको बादल मडारिएको कतिपयको भनाइ छ । रुसी सैनिक विश्लेषक पाभेल फेल्गेनहाउरले अव विश्वमा परमाणु यद्धको सम्भावना बढेको बताएका छन् । नेटोको मुख्य नेतृत्वकर्ता अमेरिका र त्यसको मुख्य प्रतिद्वन्दी संसारमै सबैभन्दा धेरै आणविक हतियार छन् । अहिले अमेरिका र रुसको भण्डारमा रहेका हइड्रोजन बमले संसारका ठूला ठूला शहरलाई एकै सेकेण्डमा भग्नावशेषमा परिणत गरिदिन सक्छन् । हिरोसिमा र नागासाकीमा खसालेको बमले उत्पन्न गरेको रेडियो विकिरणले कम्तिमा ६ करोड मानिस मारिएका थिए । यो भन्दा भयानक हुने हाइड्रोजन बमले यस्ता करोडौं मानिसलाई खरानी बनाउन सक्छन् । संसारका कुन् कुन् देशसँग छ आणविक हतियारः १-रुसः संसारमा सबैभन्दा बढी आणविक हतियार भएको देश रुस हो । रुससँग ८००० भन्दा बढी आणविक हतियार सक्रिय छन् भने ४५०० भण्डारमा छन् । त्यस्तै रुसले क्षेप्यास्त्र र अवाइ अखडामा गरेर १९४८ तैनाथ गरेको छ । २- अमेरिकाः अमेरिका एक मात्र यस्तो देश हो जसले अहिले सम्म परमाणु हतियारको प्रयोग गरिसकेको छ । अमेरिकाले जापानको हिरोशिमा र नागासाकीमा परमाणु बम खसालेको थियो । अमेरिकासँग अहिले ७३०० परमाणु हतियार छन् । ३- फ्रान्सः युरोपमा सबैभन्दा बढी आणविक हतियार हुने देश फ्रान्स हो । फ्रान्ससँग ३०० परमाणु हतियार छन् । ४- चीनः चीनको स्थल सेना संसारकै शक्तिशाली सेना हो । आर्थिकरुपमा सशक्त चीनसँग २५० परमाणु बम छन् । ५-ब्रिटेनः अमेरिकाको सहयोगी देश मानिने बेलायतसँग २२५ परमाणु हतियार छन् । ६- पाकिस्तानः भारतसँग टक्कर लिने दक्षिण एसियाली छिमेकी पाकिस्तानसँग १०० देखि १२० सम्म परमाणु बम भएको विश्वास गरिन्छ । ७- भारतः परमाणु हतियारको मामिलामा भारत पाकिस्तान भन्दा पछि छ । भारतसँग करिव ९० देखि ११० परमाणु बम भएको विश्वास गरिन्छ । ८- इजरायलः संसारमा परमाणु सामर्थ्य भएको मुलुक इजरायल पनि हो । इजरायलसँग ८० परमाणु बम छन् ।
९- उत्तर कोरियाः दक्षिण कोरिया देखि अमेरिका सम्मलाई खरानी बनाउने चेतावनि दिने उत्तर कोरिया पनि आणविक हतियार सम्पन्न देश हो । उत्तर कोरियासँग ६ परमाणु बम भएको विश्वास गरिन्छ।१९७९ मा अमेरिकी कांग्रेसको प्रविधी कार्यालयले प्रकाशित गरेको ‘दि इफेक्ट्स अफ वार’ अर्थात ‘युद्धका प्रभाव’ एक रिपोर्टमा आणविक युद्ध शुरु भएमा हुने अवस्थाको चित्रण गरिएको थियो । यस्तो युद्धले बमबाट बँचे पनि दशौं लाख मानिस रेडियो विकिरणका लागि क्यान्सरबाट मर्ने उल्लेख छ । यस्तो युद्धको शुरुवातमा बाँचे पनि ८० प्रतिशत अमेरिकीहरु यस्तो प्रभावले नै मर्ने समेत उक्त रिपोर्टको भनाइ छ ।नेपाली हेडलाइन्सकाे सहयाेगमा
Share on Google Plus

About Admin

0 comments:

Post a Comment