मालिकको परस्त्रीसँगको सम्बन्धको पोल खोल्ने अनौठो सुगा, सुगालाई नै साक्षी राखेर अदालतमा पुग्यो मुद्धा,

Loading...

एजेन्सी । सुगालाई मनोरञ्जनका लागी बढीजसो घरमा राख्ने गरिन्छ । पिंजडामा कैद गरिएको सुगाले सँधै मालिककै तारिफ गर्छ भन्ने पनि छैन । मिरर अनलाइनका अनुसार कुवेतमा एक व्यक्तिले घरमा पालेको सुगाले उनकै विरुद्ध उनकी श्रीमतीलाई गोप्य कुराको पोल खोलीदिएपछि उनी अप्ठ्यारोमा परेका छन् ।

स्रोतका अनुसार ति मालिकले आफ्नी श्रीमती घरमा नभएको बेला घरमा काम गर्ने महिलासँग गरेको गोप्य अन्तरंग कुरा सुगाले मालीक्नीलाई जस्ताको त्यस्तै बताइदिएपछि उनी अप्ठ्यारोमा परेका हुन् ।

सुगाले घर मालिक र काम गर्ने महिलाबीचको सम्बन्ध एकाएक बाहिर ल्याइदिएपछि मालिककी श्रीमतीले घटनामा सुगालाई नै साक्षी राखेर प्रहरीमा उजुरी दिन पुगीन् । परस्त्रीगमनलाई अवैद्य मानिने कुवेतमा हंगामा नै मच्चाएको यो विषयलाई अदालतले भने सामान्य मान्दै सुगा कुनै प्रमाण हुन नसक्ने भन्दै उनलाई सफाई दिएको छ ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment