Loading...
![]() |
अजिंगरको आहारा दैवले जुटाइदिन्छ भन्छन् । यो दुनियामा जो कोही मान्छेका लागि पनि भगवानले एउटा न एउटा जोडी त जुराइदिएकै हुँदा रहछन् ।
चाहे मानिस आम मान्छे भन्दा निकै फरक किन नहोस्, उसका लागि आफुजस्तै विचित्रको मान्छे जोडीको रुपमा जम्नका लागि दुनियामा अन्त कतै जन्मिसकेको हुन्छ ।
दुनियामा सबैभन्दा लामो कपाल भएकी एक विचित्रकी महिलाले पनि अन्ततः मनको राजा फेला पारेकी छिन्, जो सँग उनको मन मात्र होइन तन पनि मिल्छ ।
अमेरिकाको फ्लोरिडाकी आशा मण्डेलाको कपाल ५५ फिट लामो छ । ५० वर्षकी आशाका लागि सायद स्वर्गबाटै भगवानले जोडी जुराइदिएका होलान् । उनले आफ्नो नयाँ पतिका रुपमा केन्याका हेयर ड्रेसर इमानुयल चेग भेट्टाएकी छिन् । चेगको कपाल पनि निकै स्टाइलिस छ र दुबै जनाले एक अर्काको कपाललाई भगवानको वरदानको रुपमा लिँदै आएका छन् ।
आफ्नो निकै लामो कपालको उपस्थितिले दुबै ओछ्यानमा बसिरहँदा छुट्टै अनुभुति गराउने गरेको आशा बताउँछिन् ।
आशाले आफ्नो वेबसाइटमा राखेका उनका विचित्र कपालधारी तस्वीरहरु देखेपछि इमानुयल निकै प्रभावित भएका थिए । उनीहरुबीच तिन वर्ष पहिले अनलाइनमा पहिलोपटक कुराकानी भएको थियो ।
त्यसपछि बिजनेसको सिलसिलामा आशा केन्या गएको बेला इमानुयलसँग भेट भयो । अर्को ८ महिनाको हेलमेलपछि उनीहरुबीच अमेरिकामै विवाह भयो ।
अहिले उनीहरुको बिहे भएको पनि दुइ वर्ष भैसकेको छ । अनि आशाले आफ्नो मूल्यवान कपालको स्याहार सुसारको जिम्मा पूरै इमानुयललाई सम्पेकी छिन् ।
यसअघि व्यवसायिक रुपमा १५ वर्षसम्म हेयर ड्रेसरको काम गरेका इमानुयलले अहिले आफ्नी पत्नी आशाको १९ किलो तौलको कपाललाई प्रेम पूर्वक सुम्सुम्याउँदै स्याहार सुसार गरेर दिन कटाउँछन् । यो विचित्र जोडीले भविष्यमा बच्चा जन्माउने बारेमा पनि सोँचिसकेको छ ।






0 comments:
Post a Comment