काग तिहारमा कलाकार रमेश दुलालको काग सम्मेलन, सयौ काग जम्मा पारेर दुलालले मनाए काग तिहार

Loading...

काठमाडौँ – नेपालीहरुको महान चाड तिहार आज देखि शुरु भएको छ । आज तिहारको पहिलो दिन काग  तिहार देशभरिका सम्पुर्ण नेपालीहरुले आ–आफनै शैलीमा कागतिहार मनाउने गर्छन् । सुन्दा अचम्म लाग्छ तर कुरा भने साँचो हो । हाम्रै देशमा त्यस्ता व्यक्ति  छन् जसले १७३ ओटा जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्छन् । उनको नाम हो रमेश दुलाल ‘कागे’ ।  उनले आजभन्दा १२ बर्ष अगाडी देखि तिहारको अवसरमा प्रत्येक वर्ष काग तिहार को दिन विभिन्न चराचुरुङ्गी र जीव जनावरहरुको आवाज निकालेर काग तिहार मनाउदै आएका छन् । सधैको वर्ष जस्तै यस वर्ष पनि काग तिहार मनाउने क्रममा राष्ट्रिय संगीतकर्मीको आयोजनामा आज विहानै रत्नपार्कको शान्ती बाटिकामा विभिन्न चराचुरुङ्गी तथा जीवजन्तुको आवाज निकालेर आफ्नो प्रस्तुति देखाए् । विहानै रत्नपार्कको शान्ती बाटिकामा उपस्थित सयौ सर्बसाधारनका बिचमा रमेश दुलालले काग बोलायर सबैलाई जाधु देखाय । उनले कागको आबाज कराय पछी कागहरु जम्मा भएका थिए ।उनको भासा कागले बुझेर त्यहाँ जम्मा भएको उनले बताए । उनले कागको आवाज निकाले र कागहरुलाई बोलाउँदा सयौं कागहरु कराउँदै उनको वरिपरी आकाशमा घुमेका थिए । उनले काग खुशी हुँदा, आपत परेको बेला र झगडा परेको बेला निकाल्ने आवाजले कागलाई आकर्षण गरेका थिए । इलाम सुम्बेकका रमेश दुलालले कागको  आवाज निकालेर १३ वर्षदेखि देश विदेशमा आफूलाई चिनाउन सफल भइसकेकेका उनी काग तिहारको दिन पारेर १३ औं काग सम्मेलन गरे ।

एउटै व्यक्तिले १७३ प्रकारको आवाज निकाल्न सक्नु पक्कै पनि समान्य कुरा होइन । उनले विभिन्न किसिमको मादल, बाँसुरी लगायतका बाद्यबादन यन्त्रहरुको आवाज पनि उनले निकाल्ने गर्छन । उनको सो प्रतिभाका कारण उनी विभिन्न पुरस्कारहरुबाट पनि सम्मानित भएका छन् । गत वर्ष भएको नाकाबन्दीमा उनले कागको जस्तै आवाज निकालेर हजारौ कागहरु बोलाई नेपालस्थित भारतीय राजदूतावास घेराउ गरी नाकाबन्दीको विरुद्ध प्रतिकात्मक आन्दोलन गरेका थिए । गतवर्ष संविधान जारी गरिएको असन्तुष्टिमा भारतले अघोषित नाकाबन्दी गर्यो । जनताले सास्ती पाए । त्यसको विरोध जनस्तरबाटै व्यापक विरोध भयो । उनले पनि भारतलाई दवाव दिने उद्देश्यले दूताबासमै कागको भेला गराए । भारतको विरोधमा लैनचौरस्थित भारतीय दूताबासको गेटमा आफूले करीब ४ सय कागको भेला गराए ।अर्को रोचक पक्ष त के छ भने उनी कागबाहेक अरु पशुपन्छी र मादलका विभिन्न तालसहित १७३ थरीका आवाज निकाल्न सक्छन् । कुकुर, भैंसीलगायतको त भाषा नै बुझ्न सक्ने उनी दाबी गर्छन् ।
सो बारे स्मरण गर्दै उनी भन्छन्, ‘त्यतिबेला भारतीय दूताबासका अधिकारीहरु कागको बथान देखेर बाहिर गेटसम्म आएका थिए । ३–४ सयको संख्याका कागहरुलाई बोलाएर दूस्ताबासको गेट घेरिदिएँ ।’ सो सम्मेलन गर्दा आफूलाई ‘अवरोधका साथै धम्की’सम्म आएको तर जनस्तरबाट भने निकै तारिफ भएको स्मरण गरे ।

उनको कला प्रचण्डदेखि केपी ओली र झलनाथ खनालदेखि रामचन्द्र पौडेलसम्मले देखिसकेका छन् । अर्थात नेपालका सबैजसो राजनीतिक दलले देखिसकेका छन् । कतिपय नेताले कला देखेपछि हौसला दिने गरेको उनले हौसिँदै सुनाए । संस्कृतमा आचार्य गरेका उनी भागवत र सप्ताहदेखि विभिन्न धार्मिक कार्यमा पण्डिताईँ गर्ने क्षमतासमेत राख्नछन् ।बाल्यकाल दुख र अभावकाबीच विताएका उनी विगत सम्झिँदै भन्छन्, ‘०६० सालभन्दा अघि कला भन्ने थाहै थिएन । यसमा इन्ट्रेस्ट पनि थिएन । तर, एउटा सपनाले मेरो मेरो लुकेको कला उजागर भइदियो ।’अहिले सबैले कागको आवाज निकाल्ने कलाकारको रुपमा चिन्दा पनि उनलाई उस्तै लाग्छ–त्यही ०६० सलको मध्यरातमा देखेको सपना जस्तो !सपनामा देखेको भोलिपल्टै अनासायै कागको आवाज निक्लेपछि उनी निकै हौसिए । अझ बढी त त्यतिबेला हौसिए जतिबेला उनले ०६३ सालमा धनगढीमा भएको महोत्सवमा पहिलो पटक कला प्रस्तुत गर्ने अवसर पाए । कार्यक्रममा उनले २–३ सय कागको भेला गराए । त्यतिबेला उनी संस्कृत पढ्थे । ०४४ साल चैतमा जन्मिएपनि दुलालूलाई साथीभाईले कागतिहारको दिन जन्मदिनको शुभकामना दिने गरेको दुलाल बताउछन ।’

Share on Google Plus

About Admin

0 comments:

Post a Comment