महाअभियोग नलागेको भए को-को नेता रहेछन् लोकमानको लिस्टमा ? (सूचीसहित)

Loading...


काठमाडौं, ८ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले प्रमुख दलका केही शीर्ष नेतासहित ‘ठूला माछा’लाई समात्ने सूची तयार पारेपछि उनीविरुद्ध महाअभियोग प्रस्ताव आएको खुलेको छ । अख्तियार उच्च स्रोतका अनुसार झण्डै एक हजार ‘ठूला माछा’ माथि छानविन सकाएर कारवाही प्रक्रिया बढाउनै लाग्दा उनीविरुद्ध एकाएक महाअभियोग प्रस्ताव आएको हो । लोकमानले तयार पारेको सूची अख्तियारले गोप्य राखेको छ ।

लोकमानविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका प्रमुख दलका नेताहरुले उक्त सूची र त्यससँग सम्बन्धीत कागजात नष्ट गर्न कार्यबाहक प्रमुख आयुक्त दीप बस्न्यातलाई समेत दबाब दिइरहेको स्रोतको दाबी छ ।

लोकमानले एमाले, कांग्रेस र माओवादीका गरी करिब सयको हाराहारीमा रहेका नेताहरुमाथि भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियारबाट विशेष टोली खटाई अनुसन्धान गरिरहेको जसमा कांग्रेसका २१ जना नेता, एमालेका तीन दर्जन र माओवादीका दर्जन भन्दा बढी नेताहरुले भ्रष्टाचार गरेको फाईल अख्तियार पुगिसकेको स्रोतले जानकारी दिएको छ ।

को–को थिए लोकमानको कारवाही सूचीमा ?

१) केपी शर्मा ओली, अध्यक्ष, एमाले
२) वामदेव गौतम, उपाध्यक्ष, एमाले (पूर्व उपप्रधान तथा गृहमन्त्री)
३) सुवास नेम्वाङ, पूर्व सभामुख एवं नेता, एमाले
४) सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री एवं नेता एमाले
५) राजेन्द्र पाण्डे, पूर्व स्थानीय विकास मन्त्री एवं नेता एमाले
६) अग्नि खरेल, पूर्व कानुन मन्त्री एवं नेता एमाले
७) राज्यलक्ष्मी गोल्छा, सांसद, एमाले
८) पुष्पकमल दाहाल, प्रधानमन्त्री एवं अध्यक्ष माओवादी केन्द्र
९) जनार्दन शर्मा, उर्जा मन्त्री एवं नेता, माओवादी
१०) नन्दबहादुर पुन, उपराष्ट्रपति
११) शक्ति बस्नेत, पूर्व गृहमन्त्री एवं नेता माओवादी
१२) कृष्ण सिटौला, पूर्व गृहमन्त्री एवं नेता, कांग्रेस
१३) उमेश श्रेष्ठ, सांसद, नेता, नेपाली कांग्रेस
१४) टेकबहादुर गुरुङ, सांसद एवं पूर्व श्रम राज्यमन्त्री, नेता नेपाली कांग्रेस
१५) बहादुरसिंह लामा, सांसद एवं नेता, नेपाली कांग्रेस
१६) आङछिरिङ शेर्पा, अध्यक्ष यति एयरलाईन्स
१७) दीपक भट्ट, ठेकेदार एवं व्यवसायी
१८) सचिनलाल श्रेष्ठ आचार्य, सेयरहोल्डर, एनसेल
१९) सतिशलाल श्रेष्ठ आचार्य, सेयर होल्डर, एनसेल

Share on Google Plus

About Admin

1 comments:

  1. yetra barsa chain lok Man le bhutro herera baseko??kura banauna talai matra aauncha?

    ReplyDelete