स्याङजा- प्रहरी नियन्त्रणमा रहेकी महिलाले पेटको गर्भ आफ्नै छोराको हो भनेर बयान दिएपछि एकाएक तातेको स्याङ्जा अहिले केही शान्त भएको छ । दुई चारजना भेट हुने बित्तिकै चर्चा र गफको विषय बनेको स्याङजाको पछिल्लो घटनाबाट प्रहरीले पनि हात झिकेको छ । पत्याउन गार्ह्रो हुने यो घटनामा प्रहरीले छानबिन र मुद्दा दर्ता गर्न नमिल्ने भएपछि घटनाले अर्का मोड लिएको हो ।
स्याङजाको खिलुङ देउराली गाविस वडा नं. ५ घर भएका ससुरा तिलबहादुर गोदारले आफ्नै बुहारी शीतली भनिने पूर्णकुमारी गोदारलाई गर्भ बोकाएको बयानका आधारमा ससुरा बुहारीलाई वडा प्रहरी कार्यालय वालिङ्ले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । महिलाले शुक्रबार राती एकाएक बयान फेरेको र आफ्नै छोराको गर्भ रहेको थप बयान दिएको भन्दै प्रहरीले राती नै शितलीको १४ बर्षे छोरालाई नियन्त्रणमा लिएर ससुरालाई छाडेपछि स्थानीयबासिन्दाले शनिबार दिनभर वडाप्रहरी कार्यालय वालिङ घेरेका थिए । ससुराले बुहारीलाई गर्भ बोकाएको बयानलाई प्रहरीले रातारात फेरेको भन्दै चर्को आन्दोलनमा स्थानीय उत्रेपछि घट्नाले अर्को मोड लिन पुगेको थियो ।
0 comments:
Post a Comment