झुम्कावालीपछि हेर्दा कस्को मन रुदैन होला लिएर आए गायक प्रमोद खरेल

Loading...

काठमाडौँ । सुगम संगीतका लोकप्रीय गायक प्रमोद खरेल विज्ञान विषयका लेक्चरर हुन् तर ब्यस्तताले गर्दा उन्ले पढाउन भने छडेका छन। झापाको बनियानी गाविस मा कार्तिक २० गते जन्मिएका उनि प्रमोद खरेल,झापाबाट एसएलसी सकेर उच्च शिक्षाका लागि काठमाण्डौँ छिरेका प्रमोदले उन्ले संगीतलाई पनि सँगै अघि बढाउँदै गए । गायक प्रमोद खरेल छोटो समयमै चर्चित हुने भाग्यमानी गायकमा पर्छन ।

सांगीतिक करियरको करिब एक दशक संघर्षमा बिताएका खरेल पछिल्लो आधा दशकदेखि लोकप्रिय गायकका रूपमा सु-परिचित छन् । चलचित्र, आधुनिक, पप, राष्ट्रिय आदि शैलीका करिब २ हजारभन्दा बढी गीत गाइसकेका प्रमोदलाई श्रोतामाझ स्थापित गराउने काम गर्‍यो ‘मबिना कसै-कसैलाई मुस्किल छ पोखरामा…गीतले । स्वदेश तथा विदेशका कन्सर्टमा उत्तिकै सक्रिय खरेल आफ्ना हरेक कार्यक्रममा आफ्ना एक दर्जन बढी लोकप्रिय गीत प्रस्तुत गर्छन् ।

केहि समय अगाडी बजारमा आएको खरेलको ओइ झुमा झुम्कावाली सर्बाधिक चर्चित बनेको थियो।आफ्ना कर्णप्रिय गितबाट श्रोताको मनमा बसेका गायक प्रमोद खरेलको आवाजमा अर्को तेस्तै कर्णप्रिय गितको भिडियो सार्बजनिक गरिएको छ ।प्रबिण थापाको शब्द संगीतमा रहेको उक्त गितलाई अबिरल म्युजिकले प्रकाशनमा ल्यएको हो।बिक्रम चौहानको निर्देशनमा बनेको उक्त भिडियोमा अनु शाह र बिशाल ढकालको अभिनय रहेकोछ। यो गितले पनि श्रोता दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको गायक खरेलले बताएका छन।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment