घ्युकुमारीका फाइदा

Loading...

–    कब्जियत भएको छ भने घ्युकुमारी पानीमा मिसाएर खाने गर्नुभयो भने दिसा खलास हुन्छ ।


–    अपच हुने र ग्यास फर्मेसनका कारण पेट र छाती दुख्ने गरेको छ भने घ्युकुमारी खाँदा आराम हुन्छ ।


–    घ्युकुमारीको जुसले शरीरमा चिनीको मात्रा सन्तुलित गर्ने भएकाले मधुमेहका रोगीका लागि पनि यो लाभदायक हुन्छ ।


–    यसले समग्र शरीर र आन्द्रामा जम्मा भएका विषाक्त पदार्थलाई हटाउँछ ।


–    घ्युकुमारीको जुस खानाले रक्तसञ्चार सुचारु हुन्छ र कोलेस्टेरोलको समस्या बढ्न पाउँदैन ।


–    शरीरका कोष तथा कोषिका बिग्रिएका छन् भने घ्युकुमारीको जुस खानाले पूर्ववत अवस्थामा आउँछन् ।


–    उच्च रक्तचापका बिरामीका लागि पनि घ्युकुमारीको जुस लाभदायक हुन्छ ।


–    घ्युकुमारी खानाले क्यान्सरका ट्युमरको विकास र वृद्धिमा विराम लाग्छ ।


–    घ्युकुमारीमा शरीरको रोगप्रतिरोधी क्षमता बढाउने तŒव हुन्छ ।


–    घ्युकुमारी खाँदा शरीरमा भिटामिन र खनिजको मात्रा बढ्न पुग्छ ।


–    गिजाका रोग समाधान गर्न समेत घ्युकुमारी लाभदायक हुने भएकाले घ्युकुमारी मिसाइएको टुथपेस्ट प्रयोग गर्नु राम्रो हुन्छ ।


–    पोलेको ठाउँमा घ्युकुमारी दल्नुभयो भने सञ्चो हुन्छ । साथै, पोलेको दाग पनि गाढा गरी बस्न पाउँदैन ।


–    अनुहारलगायत शरीरको कुनै पनि भागमा गाढा दाग छ भने दिनहुँ घ्युकुमारी लगाउने गर्नाले दाग हराउँदै जान्छ ।


–    आँखावरिपरिको डार्क सर्कल पनि घ्युकुमारी नियमित लगाउनाले हराउँछ ।


–    अनुहार फुस्रो छ भने घ्युकुमारी दल्ने गर्नाले अनुहार चिल्लो हुन्छ ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment