दुनियाका ७ अनौठा व्यवसाय, अदृश्य गर्लफ्रेण्ड देखि थप्पड मार्ने मसाज सम्म

Loading...
गत वर्ष एक वेबसाइटले अदृश्य ब्वायफ्रेण्ड  तथा गर्लफ्रेण्ड उपलब्ध गराउने सेवा सुरु गर्यो । अदृश्य ब्वायफ्रेण्ड वा गर्लफ्रेण्ड प्राप्त गर्नका लागि झण्डै ३ हजार रुपैयाँ तिर्नुपर्ने बताइएको थियो ।

त्यसपछि तपाइँले एक नक्कली सम्बन्ध स्थापित गर्न सक्नुहुन्थ्यो । उदाहरणका लागि यदि तपाइँ केटा हुनुहुन्छ र आफ्ना साथीहरुलाई आफ्नी गर्लफ्रेण्ड देखाएर जलाउन चाहनुहुन्छ भने केही समयकै लागि भएपनि उक्त वेबसाइटबाट तपाइँ एक गर्लफ्रेण्डसँग भेट्न सक्नुहुन्छ ।

धेरै मानिसहरु मोटो पैसा तिरेर यस्तो सेवा लिन तयार भएपछि आफुहरुले यस्तो भर्चुअल प्रेमी प्रेमिकाको व्यवसाय सुरु गरेको उक्त वेबसाइटको कथन थियो ।

यो मात्र होइन अरु धेरै अनौठा व्यवसाय छन् दुनियामा ।

थाइल्याण्डमा केही समय पहिले यस्तो एउटा मसाज सेन्टर खुल्यो, जहाँ मानिसहरुले पैसा तिरेर थप्पड खानुपर्थ्यो । अर्थात् त्यहाँ मसाज होइन थप्पड हानिन्थ्यो र थप्पडको पनि पैसा तिर्नुपर्थ्याे । यस्तो थप्पड मसाज निकै महंगो थियो ।

अमेरिकामा पनि एउटा यस्तो व्यवसाय सुरु गरियो जहाँ मानिस मरिसकेपछि उसको दाहसंस्कार गरी उसको खरानीबाट उसैको मूर्ति बनाइन्छ । मृतकको खरानीबाट मूर्ति बनाइदिने यो सेवा पनि निकै महंगो छ ।
अपहरण गर्ने व्यवसाय । सुन्दैमा डरलाग्ने र अवैध लाग्ने । तर अमेरिकामा भने बकाइदा कानूनी रुपमै अपहरण व्यवसाय सुरु गरिएको छ । कुनै मानिसको इच्छा हुन्छ की अपहरण हुँदा कस्तो लाग्छ, त्यो जान्ने ।

सोही इच्छा पूरा गरिदिनका लागि अमेरिकामा अपहरण व्यवसाय नै सुरु गरिएको छ । जस अनुसार कुनै व्यक्तिलाई उसैको सहमतीमा अपहरण गरिन्छ । अपहरण भएबापत ऊ आफैले अपहरण कर्तालाई मोटो रकम बुझाउनुपर्छ । अपहरणमा पर्नेले अपहरण अघि विभिन्न खाले कानूनी सम्झौता गर्नुपर्छ, ता की उसले पछि अपहरण कर्तालाई आरोपित नगरोस् ।




एउटा यस्तो वेबसाइट छ जसले तपाइँसँगबाट पैसा त लिन्छ तर उक्त पैसा बापत तपाइँलाई के दिन्छ भन्ने कुरा बताउँदैन । अमेरिका लगायतका केही देशमा यो वेबसाइटले सेवा संचालन गरिरहेको छ । उक्त वेबसाइटबाट मानिसहरुले रहस्यमय चिजहरु मगाउँछन् । तर पैसा चुक्ता गरेपछि पनि जबसम्म आफ्नो घरमा सामान डेलिभरी भएर पोका खोलिँदैन तबसम्म किनेको सामान के हो ? भन्ने थाहा हुँदैन ।
दक्षिण कोरियामा एउटा यस्तो व्यापार छ जसमा तपाइँले खानाको प्रचारप्रसार गर्नुपर्छ । तपाइँले जति धेरै खान सक्यो उति नै कमाउनुहुन्छ । धेरै भन्दा धेरै खान सकेमा तपाइँले महिनामै लाख रुपैयाँ सम्म कमाउन सक्नुहुन्छ । यसलाई मुकबंगको नामले चिनिन्छ ।

जापानमा यदि तपाइँले चाहनुभयो भने कसैलाई सरी भन्नका लागि समेत अरुलाई खटाउन सक्नुहुन्छ । कुनै गल्ती गरेपनि तपाइँलाई चिन्तित हुनुपर्दैन र मुख रातो पारेर अरुसामु गएर माफी माग्नुपर्दैन ।

तपाइँको बदलमा अरु कसैले तपाइँको तर्फबाट माफी मागिदिन्छ । यस्तो माफी मागिदिने व्यवसाय गज्जबले फस्टाएको छ जापानमा । माफी मागिदिनका लागि कति तिर्नुपर्ने ? भन्ने कुरा तपाइँको केश हेरिकन हुन्छ । कुरा कत्तिको जटिल हो ? गल्ती कस्तो हो ? भन्ने कुरामा निर्भर गर्छ यसको शुल्क ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment