Loading...
![]() |
विश्वकिर्तिमान राख्ने मामिलामा के बच्चा, के बुढा ? कोहीपनि कम छैनन् । भारतमा ३४८ जना बालबालिकाहरुले एकसाथ शास्त्रीय कथक नृत्य नाचेर विश्वकिर्तिमान कायम गरेका छन् ।
कार्यक्रम हरियाणाको कर्नालस्थित नेशनल इन्टिग्रेटेड फोरम अफ आर्टिस्ट एण्ड एक्टिभिष्टको आयोजनमा राहगिरीको मन्चमा भएको हो ।
यो संस्थाले यसअघि पनि विभिन्न चार विधामा विश्वरेकर्ड कायम गरिसकेको छ । कीर्तिमानी कथक नाच्ने बालकलाकारहरुमा विद्यालयका विद्यार्थी तथा विभिन्न नृत्य समुहका बाल कलाकार थिए । परम्परागत कथकको पहिरन लगाएर उनीहरु ५ मिनेट ५७ सेकेण्ड सम्म कथक नृत्य नाचेका थिए ।
सबैभन्दा वृहत कथक नृत्यको नयाँ विधामा यो किर्तिमान कायम भएको छ । अर्थात् कथक नाचमा अहिलेसम्म यस्तो कीर्तिमान कायम भएको थिएन । अब यो नाच सम्बन्धी भिडियो सामाग्री गिनिज बुकको कार्यालयमा पठाइनेछ र गिनिज बुक अफ वर्ल्ड रेकर्डस् मुख्यालयले यो कथक नाचलाई कीर्तिमानीको प्रमाणपत्र प्रदान गर्नेछ ।


0 comments:
Post a Comment