Loading...
![]() |
कण्डमको मूल्य कम भन्दा कम राखिन्छ, ता की गरीब भन्दा गरीब मानिसहरुले पनि यो गर्भनिरोध तथा यौन सुरक्षाको साधन खरीद गरेर प्रयोग गर्न सकून् भनेर ।
तर यो दुनियामा एउटा कण्डमको मूल्य भने झण्डै पौन एक लाख रुपैयाँ सम्म पर्दोरहेछ । कण्डमको यो भाउ कल्पना भन्दा बाहिरको कुरा हो, तर हालै एउटा कण्डम यति महंगो मूल्यमा बिक्रि भएको छ ।
२ सय वर्ष पूरानो यो कण्डम झण्डै ७५ हजार रुपैयाँमा बिकेको हो । १८ औँ, १९ औँ सताब्दीतिर चल्तमा रहेको यो कण्डम भेँडाको आन्द्राबाट बनाइएको हो । यस्तै कण्डम सुँगुर, गाई तथा बाख्राको आन्द्राबाट पनि बनाइन्थ्यो । लिलामी भएको कण्डमको लम्बाइ १९ सेन्टिमिटर रहेको छ । फ्रान्समा फेला परेको यो कण्डम अनलाइन मार्फत लिलामीमा बिक्रि भएको हो ।
क्याटविकी नामक साइटमा भएको यो दुर्लभ कण्डमको लिलामीमा धेरै मानिसले यसलाई खरीद गर्न रुची देखाएका थिए । जसका कारण यसको मूल्य अनुमान गरिएभन्दा झण्डै दोब्बर बढि परेको हो ।नेदरल्याण्डको एम्स्टर्डमका एक व्यक्तिले यो कण्डम खरीद गरेका हुन् । ती व्यक्तिले प्रयोग गर्नका लागि हो वा के गर्नका लागि कण्डम किनेका हुन् त्यो थाहा भएन, क्याटविकीले भनेको छ ।
दुइ सय वर्षअघि प्लास्टिकका कण्डम निर्माण हुनुअघि सम्म यस्ता जनावरका आन्द्राबाट कण्डम बनाउने चलन थियो । यस्ता कण्डम निकै महंगा हुने भएकाले केवल धनी मानिसहरुले मात्र प्रयोग गर्थे ।


0 comments:
Post a Comment