नेपाली महिलाहरु सेक्समा रमाउन नसक्नुका कारणहरु यस्ता रहेछन

Loading...

नेपाली महिलाहरूलाई सानैदेखि कुनै न कुनै रूपमा सेक्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ। विवाहअघि सेक्स गर्नुहुँदैन, परपुरुषसँगको सम्बन्ध पाप हो, पुरुषहरूको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा : सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ। पढेलेखेका महिलाहरूलाई सेक्सका बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरू खुलेर रमाइलो गर्न सक्दैनन्। तपाईंले कतिपय महिला सेक्सका बेला नाङ्गै हुन सक्दैनन्, बत्ती बालेर सेक्स गर्न मान्दैनन् भन्ने कुरा सुन्नुभएकै होला। त्यसको कारण उनीहरूमा विद्यमान सेक्सप्रतिको वितृष्णा नै हो। जबकि नाङ्गो हुनु सेक्सका लागि अनिवार्यजस्तै हो।

कतिपय युगल जोडी धेरै झगडा गर्छन्, यस्तो लाग्छ, उनीहरू तुरुन्तै छुट्नेवाला छन्, तर वर्षौंसम्म पनि उनीहरू सँगै हुन्छन्, यसको कारण के होला ?
यसको कारण पनि सेक्स नै हो। तपाईं हामी सबैले दर्जनौ यस्ता जोडी देखेका छौं, जो यति झगडा गर्छन्, कुटाकुट गर्छन् कि भोलि नै छुट्न सक्छन् भन्ने हामीलाई लाग्छ। वास्तवमा उनीहरूलाई छुट्टिन नदिने कारण सेक्स नै हो। सेक्सका बेला यी दुईबीच जुन प्रेम प्रकट हुन्छ, त्यो छुट्टिसकेपछि नपाइने मनोविज्ञानका कारण उनीहरू जे-जस्तो सहेर पनि बसिरहेका हुन्छन्। सेक्सका समयमा शारीरिक सुगन्ध एक -अर्काले वर्षौसम्म पाएका हुन्छन्, छाला-छालाबीचको घर्षण पि्रय हुन्छन्। कतै न कतै त्यो पि्रय क्षण मनको अन्तरमा बसेको हुन्छ, त्यसैले उनीहरूलाई छुट्टनि दिएको हुँदैन। एक जना लेखकले कतै भनेका छन्, नजिकै प्रहरी चौकी छ,
सहयोग गर्ने वकिलहरू छन्, प्रशस्त कानुन छ, यद्यपि एउटी महिला पुरुषको यातना खेपेर वर्षौदेखि बसिरहेकी छे। किन ? किनभने ऊ त्यो व्यक्तिको सेक्समा रमाएकी छे।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment