 |
काठमाडौः प्रमुख प्रतिपक्षदलको सहमति बिना नै संविधानमा शंसोधन प्रस्ताव ल्याए एमाले निकट जनवर्गीय संगठनले सडक तनाउने भएका छन् ।
एमाले युवा संगठनका नेताले त संविधान संशोधन सहमति बिना भएमा संसदलाई व्यवस्थापिका संसद् भवनमै थुनिदिने चेतावनीसम्म दिएका छन् ।
एमाले अध्यक्ष एवम् प्मुख प्रतिपक्ष दल एमालेले संविधान संशोधनका विरुद्धमा कडा अभिव्यक्ति दिएलगत्तै एमाले निकट जनवर्गीय संगठन आन्दोलनमा उत्रने भएका हुन् ।
प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरुले संविधान संशोधनका विषयमा प्रदेशहरुको सीमाङ्कन, राष्ट्रिय सभाको गठन र प्रतिनिधित्व, नागरिकता र भाषा आयोग लगायतका विषयमा साझा धारणा बनाएर अघि बढ्न औपचारिक प्रस्ताव अघि सारे लगत्तै एमालेले जनवर्गीय संगठनलाई सडकमा उत्रार्ने निर्णय गरेको हो।
एमालेले संविधान संशोधनविरुद्ध दुई भ्रातृ संगठन अनेरास्ववियु र युवा संघले आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंगलबार पत्रकार सम्मेलन गरी संशोधन प्रक्रिया अघि बढाए आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका हुन् ।
पत्रकार सम्मेलनमा युवा संघका अध्यक्ष राजीव पहारीले जनभावना विपरीत वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाए चुप लागेर नबस्ने बताए ।
उनले जनभावना विपरीत सरकार अघि बढे त्यसका विरुद्ध सडक संघर्षमा उत्रिने चेतावनी समेत दिए । उनले संसद् भवन वरिपरि मानव साङ्लो बनाएर सांसद्हरुलाई संसद् भवनभित्रै थुनिदिने सम्मको चेतावनी दिए । उनले प्रचण्डले देशलाई सिक्किमीकरण गर्न खोजेको समेत आरोप लगाए ।
त्यस्तै अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले मधेसीका नाममा अंगीकृत नागरिकलाई सर्वोच्च पदमा लैजाने कांग्रेस र माओवादीको योजना सफल हुन नदिने चेतावनी दिएकी छिन् । उनले एमालेको सहमति बिना हुने संविधान संशोधन स्वीकार गर्नै नसकिने बताइन् ।

0 comments:
Post a Comment