1. घमण्डि स्वभावका हुन्छन् – यदि खुट्टाको औलामा बुढि औला पछिका औला हरु लगातार घट्ने क्रममा छन् भने त्यसका मानिसहरु घमण्डि स्वभावका हुन्छन् । यस्ता मानिसहरु जुनसुकै ठाउँमा पनि आफुलाई मान सम्मान मिलोस भन्ने चाहाना राख्छन् र आफुले भनेको सबैले मानुन भन्ने सोच राख्छन् । यदि घरपरिवार तथा समाजमा आफुले भनेको कुरा कसैले मानेनन् भने झट्ट रिसाउँछन् । यस्ता मानिसहरु आफ्नो जीवनसाथी माथि पनि आवश्यकता भन्दा बढि नै अधिकार जमाउन चाहान्छन् ।f
2. कडा परिश्रम गर्ने खालका हुन्छन् – खुट्टाका बुढि औला पछिका दुईवटा औला बराबर र त्यसपछिका दुई वटा औला छोटा हुने मानिसहरु कडा परिश्रम गर्ने खालका हुन्छन् । यस्ता मानिसहरु आफैले मेहनत गरेर काममा सफलता प्राप्त गर्न रुचाउँछन् । कामको कारणले नै यस्ता मानिसहरुले मान सम्मान प्राप्त पनि गर्छन् । अरु मानिसले गरेको कामको पनि प्रसंसा गर्छन र मेहनती मानिसहरु यिनीहरुलाई मन पर्छ । यस्ता मानिसहरु आफ्नो घरपरिवारमा आफ्नो जिम्मेवारी बहन पनि गर्छन् । यि मानिसहरु आफ्नो कामले गर्दा नै धेरै उपलब्धि हासिल गर्छन्
3. अदु्रत ढगंले काम गर्छन् – जसको चोर औला लामो र अन्य औलाहरु छोटा हुन्छन् त्यस्ता व्यत्तीहरु कुनै पनि काम युनिक तरिकाले गर्न रुचाउँछन् । कामको बिषयमा यिनिहरुको योजना अरको भन्दा फरक हुन्छ । आफ्नो योजनाको कारण यिनिहरुलाई अलग स्थान पनि मिल्छ । घरपरिवारमा पनि यिनिहरुलाई बिशेस सुख सुुविधा प्राप्त हुन्छ
4. शान्ती प्रिय हुन्छन् – बुढी औला बाहेकका अरु औलाहरु छोटा र लम्बाई पनि बराबर भएका व्यत्तीहरुको स्वभाव शान्तहुन्छ । यीनिहरु क्ुल माईन्डवाला हुन्छन् । कुनै पनि काम आरामसँग गर्न रुचाउँछन् । यीनिहरु कहिल्यै पनि आवेशमा आउदैनन् । यस्ता व्यत्तीहर आफ्ना बिरोधीहरुसँग पनि शान्तपुर्ण ढगंले विजय प्राप्त गर्छन् । शान्ती प्रिय हुने कारणले गर्दा कहिले काही अल्छी पनि हुन्छन् । जसको कारण काममा पनि ढिला हुन सक्छ ।
0 comments:
Post a Comment