जिउका भुत्लाले मर्नु न बाँच्नु

Loading...
उनलाई सबैले ब्वाँसो मान्छे भनेर चिन्छन् । नभनुन् पनि किन, उनले अनुहार तथा जिउ जतातनै ब्वाँसोकै जस्तै भुत्ला पलाएका छन् । मेक्सिकोका जेसस एकेभ्सको घरमा बोलाउने नाम चुइ हो । तर चुइ भनेर अरुले चिन्दैनन् ब्वाँसे नै भन्छन् ।


कन्जेनिटल हाइपरट्राइकोसिस नामको वंशाणुगत रोगका सिकार बनेका उनको रोगको उपचार केवल सर्जरी मात्रै हो, तर उनीसँग त्यसको खर्च छैन । जन्मिँदै यस्तो समस्या भएका जेसस जब तन्नेरी बन्दै गए जिउमा भुत्लाको मात्रा निकै बढ्यो र विस्तारै ढाक्दै गयो ।

अहिले उनलाई आफ्ना जिउका अस्वभाविक भुत्लाले निकै समस्या पारेको छ । सबैले उनलाई भुत्लाकै कारण घोचपेच गर्छन्, काम पाउन गाह्रो छ र मनमा शान्ति छैन ।

आफ्नो यो व्यथा उनले एक फिल्म निर्माता सामु समेत कहे । फिल्म निर्माता इभा एरिडजिसले यी ब्वाँसे युवकको व्यथालाई क्यामरामा कैद गरेकी छिन् । यो भिडियो एक चिडियाखानामा खिचिएको छ । भिडियोमा उनले आफुलाई ब्वाँसो सँग तुलना गर्दै भनेका छन्, ‘म जिउमा भुत्ला भएकै कारण मात्र ब्वाँसो जस्तै भएको हैन यिनीहरुजस्तै एक प्रकारले बन्दी जस्तै भएको छु ।’
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment