चर्चित तरकारीवालीले भनिन्ः प्रस्ताव आए मोडलिङ गर्न तयार छु

Loading...

काठमाडौंः तरकारीवालीका नामले सामाजिक सञ्जालमा भाइरल युवतीले प्रस्ताव आए मोडलिङ गर्न तयार रहेको बताएकी छिन् ।

तरकारीवालीका नाममा सामाजिक सञ्जालमा भाइरल भएकी गोरखाकी कुशुम श्रेष्ठले सामाजिक सञ्जालमा भाइरल हुँदा खुशी लागेको बताउदै प्रस्ताव आए मोडलिङ गर्न तयार भएको बताएकी हुन् ।

बिहीबार महिलाखबरसँग टेलिफोनमा कुरा गर्दै उनले प्रस्ताव आए मोडलिङ गर्न तयार रहेको बताएकी हुन् । उनले सामाजिक सञ्जालमा आफ्नो तस्बिर भाइरल भएको खबर आफूसँग सँगै पढेको साथीले फेसबुकमा आएको आफ्नो फोटो म्यासेन्जरमा पठाइदिएपछि थाहा पाएको बताएकी छिन् ।

साथीले म्यासेन्जरमा फोटो पठाइदिएपछि भने उनले आफ्ना बारे आएका समाचार पढिरहेको बताएकी छिन् ।

गोर्खा वाङलिङमा तरकाी व्यापारमा रहेकी कुशुम अहिले चितवनको माडीमा कोयष्ट मोडल कलेजमा ११ कक्षा पढिरहेकी छिन् ।

कुसुमले आफू अहिले चितवनमा काकाको घरमा बस्दै आएको बताएकी छिन् । उनका बुवा आमाले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । दसैंतिहारको विदामा घर गोर्खा पुगेका बेला उनले गोलभेंडा बोकेको तस्बिर भाइरल भएको हो ।

कुसुम एक्ली छोरी हुन् । उनका बुवा चन्द्र नारायण श्रेष्ठ र आमा ज्ञानु श्रेष्ठ तरकारी व्यापार गर्छन् । बाबुआमाको कामममा साथ दिन तरकारी बोकेको बताएकी कुसुमले आफूले बोकेको तरकारीबारे चर्चा हुँदा खुशी लागेको बताएकी छिन् ।

यस अघि पाकिस्तानका चियावाला युवक अरसद खानको तस्बिर यसरी नै चर्चित भएपछि उनलाई मोडलिङका प्रस्ताव आएपछि उनी मोडलिङमा व्यस्त छन् । यही प्रसंगलाई जोडेर भएको कुराकानीमा उनले भनिन्, ‘यस्तो कामको प्रस्ताव आए काम गर्छु ।’

कुसुमले अब भने आफूले कसैलाई तस्बिर खिच्न नदिने बताएकी छिन् ।
नले भनिन् ‘अब तस्बिर खिच्न दिन्न ।’ पर्यटन व्यवसायी रुपचन्द्र महर्जनले त्रिशुलीमा पर्यटकलाई र्‍याफ्टिङ गराइसकेर पारी पट्टीको गाउँमा घुमाउन लैजाने क्रममा गोर्खा र चितवन जोड्ने फिस्लिङको झोलुङे पुलमा उनको तस्बिर खिचेका थिए ।

महर्जनले खिचेका तस्बिर आफ्नो फेसबुकमा राखेका थिए । उनले फेसबुकमा राखेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनले भने डरले फेसबुकबाट फोटो हटाएका छन् ।

महर्जनले भने, ‘बहिनीको फोटोको बारेमा धेरै प्रचार भएपछि उनलाई समस्या पर्छ की भनेर डराएर फोटो तुरुन्तै फेसबुकबाट हटाएँ ।’

Share on Google Plus

About Admin

0 comments:

Post a Comment