'लभ यू बाबा' पछि विश्वकै कान्छा निर्देशक सौगातले थाले 'हैरान'को छायाकंन,

Loading...

काठमाडौँ :  ‘लभ यू बाबा’ निर्देशन गरेर गिनिज बुक अफ् द् वल्र्ड रेकर्डसमा विश्वकै कान्छा फिल्म निर्देशकको नाम लेखाएका सौगात विष्टले निर्देशन गर्ने दोश्रो फिल्म ‘हैरान’ को छायाँकन सुरु भएको छ । बिहिबारदेखि ‘हैरान’ को छायाँकन सुरु गरिएको हो ।

फिल्म पारिवारिक तथा कमेडी र इमोशन रहेको निर्देशक विष्टले जानकारी दिए । निर्देशक विष्टकै आमा सम्झना पोखरेल विष्ट कार्यकारी निर्माता रहेको फिल्ममा सरोज खनाल, नायक गजित विष्ट, नायिका निश्मा घिमिरे, गायक सत्यराज आचार्य, कलाकारहरु बुद्धि तामाङ ‘हैट’, पुष्कर रेग्मी, सागर लम्साल, बिनोद पौडेल र नव प्रस्तुतीको रुपमा आरोही शर्मा मुख्य भूमिकारहेको बताइएको छ ।

कस्ट्युम डिजाइन भने मोडल सम्झना बुढाथोकीले गरेकी छिन् । विष्टले निर्देशक गरेको चलचित्र ‘लभ यू बाबा’ले ब्यापारिक दृष्टिकोणबाट राम्रो प्रर्दशन गर्न नसकेपनि मुलुककै नाम राख्ने काम गरेको भनेर तारिफ भने पाएका थिए ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment