सुर्खेतको एक प्रहरी चौकीबाट हतियार लुटियो, सम्लग्न रहेको आरोपमा ७ पक्राऊ

Loading...

सुर्खेत, १७ कात्तिक - सुर्खेतको आग्रीगाउँस्थित देउली प्रहरी चौकीमा स्थानीयले आक्रमण गरेर हतियार कब्जा गरेका छन्।

करिव ३० जनाको संख्यामा रहेका स्थानीयबासीले बञ्चरो, हँसिया लगायतका घरेलु हतियारले प्रहरी चौकीमा आक्रमण गरेका थिए। उनीहरुले प्रहरी चौकीमा तोडफोड गर्नुका साथै प्रहरीका हतियारहरु खोसेका थिए।

क्षेत्रीय प्रहरी प्रमुख डीआईजी माधवप्रसाद नेपालले गाउँलेले चौकीबाट तीनवटा राइफल, एउटा पेस्तोल र एक सय ५० राउण्डभन्दा बढी गोली लुटेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार मदिरा सेवन गरेका स्थानीय युवा र प्रहरीबीच विवाद भएको थियो। उक्त विवादले उग्र रूप लिएपछि स्थानीयले घरेलु हतियारसहित राती चौकीमै आक्रमण गरेर हतियार कब्जामा लिएका हुन्।

प्रहरी भन्छ, सबै हतियार फेला परे
प्रहरीले लुटिएका सबै हतियारहरु फेला पारिएको दावी गरेको छ। लुटिएका केही हतियार स्थानीय खोला र गाउँलेको घरमा फेला पारिएको प्रहरीले जनाएको छ।

चौकी आक्रमण र हतियार लुटपाटमा संलग्न रहेको भन्दै प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काफलकोट-९ का केशरसिंह ठकुरी, तिलक सिंह, प्रेम खत्री, चित्रबहादुर केसी, चन्द्रबहादुर सिंहलगायत छन्।

कृष्ण आचार्यबाट

Share on Google Plus

About Admin

0 comments:

Post a Comment