चीनमा एक युवतीले आफैंलाई बिक्रीका लागि अनलाइनमा राखेको खबर छ ।
उनले यसरी आफैंलाई बेच्न खोज्नुको कारण भने निकै पिंडा दायक रहेको छ । चीनको गुवान्झाउ शहरमा रहदै आएकी १९ वर्षीया कैयोले आफूलाई बिक्रीमा राखेकी हुन् । उनले चीनमा लोकप्रिय सामाजिक सञ्जाल मार्फत आफूलाई चाँडोभन्दा चाँडो खरिद गर्न सकिने बताएकी छन् ।
बेचिनु पर्ने कारण र वाध्यता भने उनकी आमा हुन । आमा बिमारी छन् ।
उनलाई आमाको उपचारका लागि पैसा चाहिएको छ । विपन्न परिवारकी जेठी छोरी कैयोले पैसा जुटाउने कुनै उपाय नभेटेपछि आफैंलाई विक्रीमा राखेको उल्लेख गरेकी छन् । बढि मूल्य तिरेर खरीद गर्ने व्यक्तिले आफूलाई जीवनभर चाहेको काममा उपयोग गर्न सक्ने उनले बताएकी छिन् ।
उनले आफ्नो फोन नम्बर पनि सेयर गरेकी छिन् । फोन नम्बर सहित अनलाइनमा आफैंलाई विक्रीका राख्ने यूवतीको तस्बिर अहिले भाइरल भएको छ ।
उनको त्यो विज्ञापनमा धेरै समाजसेवी संस्थाहरुको ध्यानाकर्षण भएको छ । गरिबीको कारणले आफ्नो पढ्न समेत नपाएकी उनकी आमालाई स्किन क्यान्सर भएको छ । उनलाई हाल गान्झाउ अस्पतालमा भर्ना गरिएको छ । एजेन्सी
0 comments:
Post a Comment