यसकारण बंगलादेशमा १० वटा हिन्दु मन्दिरमाथि हमला

Loading...

काठमाडौं १६ कार्तिक । बंगलादेशमा एक व्यक्तिले फेसबुकमा गरेको इस्लामविरोधी पोस्टका कारण बढेको तनावपछि केही हिन्दु मन्दिरहरुमा तोडफोड भएको छ ।
बीबीसीले जनाए अनुसार बंगलादेशको ब्राह्मणबरिया जिल्लाको नासिरनगरमा उपद्रो मच्चाउने एउटा समूहले हिन्दुहरुको मन्दिर र घरलाई निशाना बनाएका छन् ।
बंगलादेश प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाए अनुसार त्यहाँका हिन्दुहरुका करिब २० वटा घर जलेका छन् ।

त्यसैगरी कम्तिमा १० वटा मन्दिरमा तोडफोड र लुटपाट भएको छ । मुस्लिम बाहुल्य बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि यस्तो आक्रमण हुनु नयाँ घटना नभए पनि यो आक्रमण त्यसबेला भएको छ, जतिबेला हिन्दुहरु आफ्नो महान चाड तिहार बनाइरहेका थिए ।

955945672
bangalmembers-suspected-outside-militants-action-police-battalion_1314a40c-9f32-11e6-8b09-4d35dc1d77aa
Share on Google Plus

About Admin

0 comments:

Post a Comment