आठबर्षसम्म प्रेममा परेका विश्वकै सबैभन्दा होचा कदका जोडीले अन्तत विवाह गरेका छन् । नजिकका साथीहरूको संलग्नतामा ३० बर्षीय पाउलो गेब्रियल डे सिल्वा बारोसले २७ बर्षीया काट्युसिया होशिनोसँग विवाह गरेका थिए ।
विवाहपछि यी जोडीले विश्वकै सबैभन्दा होचा श्रीमान्श्रीमातीका रुपमा गिनिजबुक दर्ता गराएका छन् । पाउलो ३५.५४ का अग्ला छन् भने उनकी पत्नी काट्युसिया ३५.८८ इन्चका रहेकी छिन् । दुबैको हाइट मिलाएर कूल ७१.४२ इन्चका छन् ।
विवाहपछि दम्पतीले भने ‘हाम्रो जोडी सुन्दर जोडी भन्दा पनि साँचो प्रेमको जोडी रुपमा रहनेछौं जुनकुरामा सबैलाई गर्ब हुनेछन् ।’
सामाजिक सञ्जालमा भएका थिए भेटघाट
दुबैको १० बर्ष अघि सामाजिक सञ्जालमा भेट भएको थियो । सामाजिक सञ्जालमा दुबैको च्याटमार्फत चिनजान भएको थियो । होशिनोसँगको भेटे प्रेममा रुपान्तर भएको पाउलोले बताए ।
0 comments:
Post a Comment