भारतविरुद्ध पाकिस्तानले गोलावारी गर्दा ८ भारतीयको मृत्यु

Loading...

एजेन्सीः भारत र पाकिस्तानको विवाद चर्कदै जाँदा भएको गोलावारीमा ८ भारतीयको मृत्यु भएको छ । जम्मू कास्मिर इलाकामा पाकिस्तानी पक्षले गोली बर्षाउदा आठ भारतीयको मृत्यु भएको छ भने ३३ भन्दा बढी घाइते भएका छन् । निरन्तर भइरहेको गोलावारीका कारण हजारौ मानिस विस्थापित भइसकेका छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्ययमका अनुसार गोलावारीमा दैनिकजसो ठूलो संख्यामा दुवै पक्षको हताहती हुने गरेको छ । पिटिआइले जनाए अनुसार गोलावारीमा दैनिक सैनिक र सर्वसाधारणको मृत्यु भइराखेको छ । रमगढ सेक्टरमा भएको गोलावारीमा भर्खरै पाँच जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएका छन् ।

दुई पक्षबीच गोलावारी हुँदा आत्तिएर कतिपय सर्वसाधारणको मृत्यु हुने क्रम समेत सुरु भएको छ । पछिल्ला दिनमा गोलावारीको सिकार महिला र बालबालिका बन्ने गरेका छन् । सर्वसाधारण, कामदार र सेनाकै लागि काम गर्ने कुल्लीहरुसमेत गोलावारीको सिकार हुने गरेका छन् ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment