‘ट्रम्पलाई महाअभियोग लाग्छ’ ‘

Loading...

३० वर्षदेखि राष्ट्रपति निर्वाचनबारे सही भविष्यवाणी गरेका अमेरिकी प्राध्यापक एलन लिचम्यान ट्रम्पलाई महाअभियोग लाग्ने बताउँछन्

न्युयोर्क, २८ कात्तिक- राष्ट्रपति निर्वाचनअघि कसले जित्छ भन्नेबारेमा अमेरिकाभर धेरै भविष्यवाणी र अनुमान भए । दिनहुँजसो सर्वेक्षण भए । तर, प्रायः सबै सर्वेक्षणले डेमोक्र्याटिककी हिलारी क्लिन्टनले सुविधाजनक ढंगले जित्ने तथ्यांक प्रस्तुत गरे । ट्रम्पको पक्षमा जनलहर बढेको धेरैले आँकलन गर्न सकेनन् । तर, वासिङटनका एक प्राध्यापक भने अपवाद थिए । ३० वर्षदेखि राष्ट्रपति निर्वाचनको परिणामलाई सही भविष्यवाणी साबित गरेका प्राध्यापकले यसपटकको निर्वाचनमा ट्रम्पले जित्ने भविष्यवाणी गरेका थिए, जुन सही साबित भइसकेको छ ।
प्राध्यापक एलन लिचम्यानले निर्वाचन हुनुभन्दा तीन महिना अघिदेखि नै भविष्यवाणी गरेका थिए ।
उनको भविष्यवाणी कुनै अन्धविश्वासमा नभई वैज्ञानिक र वस्तुपरक तथ्यमा आधारित थियो जसलाई उनी ‘थर्टिन की टु ह्वाइट हाउस’ भन्ने गरेका छन् । सेप्टेम्बरको अन्त्यमा वासिङटन पोस्टसँगको एक अन्तर्वार्तामा प्रा. लिचम्यानले राष्ट्रपति निर्वाचनमा ट्रम्प विजयी हुने बताएका थिए । उनले अर्काे नयाँ भविष्यवाणी पनि गरेका छन् ।नयाँ पत्रिकाले छापेको छ ।
‘ट्रम्प निर्वाचित भएमा उनीमाथि महाअभियोग लाग्नेछ,’ उनले भनेका छन् । ‘ट्रम्पका विवादास्पद अभिव्यक्तिका कारण उनलाई महाअभियोग लाग्नेछ,’ उनले भने । रिपब्लिकन पार्टीले नै ट्रम्पलाई महाअभियोग लगाउने र उपराष्ट्रपतिमा निर्वाचित माइक पेन्स राष्ट्रपति हुने उनले बताएका छन् । रिपब्लिकनले ट्रम्पलाई भन्दा बढी पेन्सलाई विश्वास गर्छ ।

‘ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए पनि रिपब्लिकनका नेताहरूले उनी राष्ट्रपति भएको देख्न चाहनेछैनन् किनकि उनीहरूले ट्रम्पलाई लगाम लगाउन सक्दैनन् । ट्रम्प अस्वाभाविक छन् । राष्ट्रिय सुरक्षालाई खतरा पार्ने विवादास्पद निर्णय गरेर वा अन्य कुनै कारणले ट्रम्प स्वयंले महाअभियोग निम्त्याउनेछन्,’ प्राध्यापकले भने । पछिल्लो भविष्यवाणी भने कुनै प्रणालीमा आधारित नभई अन्तरमनको विश्लेषण भएको उनी बताउँछन् । लिचम्यानले सन् १९८४ यता सम्पन्न सबै राष्ट्रपति निर्वाचनको सही भविष्यवाणी गरेका छन् ।

.

Share on Google Plus

About Admin

0 comments:

Post a Comment