Loading...
![]() |
प्रेम र यौन बिल्कुलै भिन्न लाग्छन्, उस्ता उस्तै कहिल्यै लागेनन् मलाई । हो, प्रेम र यौन दुवै मानवजीवनमा अपरिहार्य छन् । यी दुवै बिना संसार चल्दैन । यौन बिनाको प्रेममा मानिसहरु कतिको सन्तुष्ट हुन्छन् कुन्नी, तर प्रेम बिनाको यौन भने निकै पीडादायक हुने । प्रेम बिनाको यौन त एक किसिमको बलात्कार नै हो जस्तो लाग्छ । तैपनि कतिपयले यौनलाई नै प्रेम भन्ने गर्छन् । विवाहले यौनलाई वैधानिक बनाइदिने गर्छ, चाहे त्यहाँ प्रेम होस् या नहोस् । त्यसैले त अधिकांश महिलाहरु विवाह पश्चात वैधानिकरुपमै बलात्कृत हुन्छन् आफ्नै श्रीमानबाट । श्रीमान नै किन नहोस्, श्रीमतीको चाहना विपरित यौन सम्बन्ध राख्दा कानुनले पनि त्यस यौन सम्बन्धलार्ई बलात्कार मानेको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment