आजको रासिफल – बि.स.२०७३ फाल्गुन ११ गते । बुधबार । ईश्वी सन् २०१७ फेब्रुवरी २२ तारिख । नेपाल सम्बत् १९३७ ।

Loading...

बि.स.२०७३ फाल्गुन ११ गते । बुधबार । ईश्वी सन् २०१७ फेब्रुवरी २२ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९३८ । फाल्गुन कृष्ण पक्ष । तिथि एकादशि, ३१ घडि २६ पला,बेलुका ०७ बजेर ११ मिनेट उप्रान्त दुवादशि । नक्षत्र पूर्वाषाडा,५४ घडि २७ पला । काठमाडौंमा सूर्योदय ०६ बजेर ३७ मिनेट,सूर्यास्त बेलुका ०५ बजेर ५९ मिनेट जादा । दिनमान २८ घडी २४ पला । चन्द्ररासि धनु ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । राजनिति तथा समाजसेवामा जनताबाट आलोचना सहनुपर्ला । कार्यक्षेत्रमा तपाईको निर्णको चर्को बिरोध हुनसक्छ अलि बढि ध्यान दिनुहोला । कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ । व्यापार व्यावसायमा बढिनै समय खर्चिनु पर्नेछ ।
शुभ अंक — २,५ शुभ दिशा — दक्षिण
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम
बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे,वा) समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । समस्याका खाडलकाहरु पुर्नको लागि अथक प्रयास गर्नुपर्नेछ । संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । साथिभाई हरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सुरक्षित रहनेछ ।
शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम
मिथुन (का,की,कू ,घ, ङ, छ ,के,को,हा) पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि नतिजा आफैतिर ल्याउन सकिनेछ । साझेदारि व्यावसाय फस्टाएर जानेछ । ब्याबसायिक यात्राको सन्द्रर्भमा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिन रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ ।
शुभ अंक — ४,७ शुभ दिशा — उत्तर
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिम काम गरि अरुको मन जित्न सकिनेछ । अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । ब्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिने र ति योजना अनुशार काम अगाडि बढाउँदा प्रतिष्ठित ब्याक्तित्वहरुको उत्साहजनक समर्थन रहने छ । महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ ।
शुभ अंक —५,८ शुभ दिशा — पश्चिम
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
सिहं (मा, मी, मू ,मे, मो, टा, टी, टू ,टे) समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त तथा साथिभाईहरुले नै झुटो आश्वासन देखाएर रुपैया पैसा लिएर फरार हुन सक्छन ख्याल गर्नुहोला । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय मित्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ ।
शुभ अंक — ६,९ शुभ दिशा — उत्तर
शुभ रंग —रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने अरु व्यावसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउन बढिनै मेहनेत गर्नु पर्नेछ । आमा, आफन्त तथा आत्मिय मित्रहरु सँग टाडिनु पर्दा मन खिन्न हुनेछ ।
शुभ अंक —६,९ शुभ दिशा — पुर्व
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । अन्धबिश्वास तथा कुसस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपुर्ण भमिका निर्बाह गर्नेछ । मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ ।
शुभ अंक — ३,७ शुभ दिशा — पुर्व
शुभ रंग — खैरो कार्य सद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम
बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू) आफन्तजन तथा कुटुम्बहरु तपाईको स्वार्थि ब्याबहारले टाडिन सक्छन् । पढाई लेखाईमा सफलता प्राप्त गर्न निकै मेहनेत गर्नुपर्नेछ । बोल्दा ध्यान दिनुहोला खरो बोली बोल्दा काम बिग्रन तथा बोलिको प्रभाब घट्न सक्छ । तयारि बिनानै गरिने प्रस्तुतिले कार्य क्षेत्रमा तपाईको खरो आलोचन हुने हुनाले अध्ययन बढाउन जरुरि देखिन्छ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चदा पनि सोचेजस्तो नाफाँ कमाउँन मुस्किल पर्नेछ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा सामान्य खटपट हुनेछ । सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ध्यान दिनुहोला ।
शुभ अंक — ५,८ शुभ दिशा — पुर्व
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुनेछ । आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि बढाउँन सकिनेछ । नयाँ नयाँ प्रेम प्रस्ताव आउँने तथा माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखाँको वरिपरि देख्न पाउँदा मन खुसि हुनेछ । राजनितिक सभा समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ ।
शुभ अंक —१,५ शुभ दिशा — उत्तर
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिदेशबाट आयात हुने सामानको व्यापार व्यावसाय बाट प्रशस्त नाफा कमाउन सकिनेछ । बैदेशिक यात्रा तथा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा खानपानमा बिशेष ध्यान दिनुहोला । पढाई लेखाईमा राम्रो नतिजा ल्याउँन प्रशस्त समय खर्चनु पर्नेछ । काम गर्दा ख्याल गर्नुहोला मान सम्मान तथा प्रतिष्ठामा दाग लाग्न सक्छ । सुधारात्मक कार्यमा खर्च बड्नेछ । अनाबस्यक ठाउमा बल तथा बुद्धि प्रयोग हुनेछ भने सुरक्षा चुनौति बढेर जानेछ । मायामा खटपट हुँने हुँनाले माया प्रेम गर्ने जोडिहरु आजको दिन नभेट्दा नै राम्रो रहेको छ ।
शुभ अंक —४,७ शुभ दिशा — दक्षिण
शुभ रंग — कालो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम
कुम्भ (गू ,गे,गो,सा,सी,सू,से,सो,दा) आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । प्राकृतिक स्रोत साधन जस्तै खनिज पदार्थ,धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ईच्छित चाहानाहरु पुरा हुनेछन् भने सवारि साधन प्राप्तिको योग रहेको छ । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले भने सताईरहनेछ ।
शुभ अंक — २,७ शुभ दिशा — पुर्व
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनिति तथा सामाजिक क्षेत्रमा तपाईको सम्मान जनक उपस्थिति हुनेछ भने समाजको बिकासका लागि सकारात्मक आवाज उठान गर्ने अवसर जुर्नेछ । कार्यक्षेत्रमा तपाईको ओजिलो निर्णय क्षमताको सम्मान हुँनेछ । तपाई
को सरल जिवन शैलि देखि आफन्त,साथिभाई तथा छिमेकिहरुका लागि सिक्ने अवसर मिल्नेछ भने तपाईको ब्याक्तित्वको सबैतिर चर्चा हुनेछ । सम्मानित काम गरेर समाजमा नाम तथा दाम दुबै कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ तथा पति पत्निबिच बिश्वासको बातावरेण बढेर जानेछ ।
शुभ अंक —३,९ शुभ दिशा — पुर्व
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
 

Share on Google Plus

About Admin

0 comments:

Post a Comment