अभियुक्तले इजलासमै प्वाँ… पारेपछि के भयो ?

Loading...
जब मलद्वारबाट ग्यास छाड्ने अर्थात् पाद्ने कुरा आउँछ तब अलिक बुझ्ने मानिसहरु यसलाई सामान्य रुपमा लिन्छन् । किनकी यसरी ग्यास छोड्नु स्वास्थ्यका लागि फाइदाजनक हो, भलै त्यसको दुर्गन्धले आफु र अरुलाई पनि समस्या किन नपरोस् । किनकी बाहिर छाड्नैपर्ने त्यो ग्यास लाजले पेटमै राखियो भने त्यसले असर गर्दछ ।

तर फाइदाजनक छ भन्दैमा जहाँ पायो त्यहीँ अझ भनौ विशेष सार्वजनिक ठाउँहरुमा ग्यास उडाउँदै हिड्ने कुरा त भएन । यदि कसैले अदालतको इजलासमा मुद्दाको सुनुवाई चलिरहेको गम्भीर समयमा प्वाँ………… गर्दै ग्यास छाडिदियो भने के होला ? साँच्चीकै त्यहाँ असहज स्थिति पैदा हुन्छ । छाड्नेलाई त लाजमर्नु हुने नै भयो तर सुन्नेलाई समेत असहज हुन्छ ।
अमेरिकामा भएको छ यस्तै । अदालतमा सुनुवाई चलिरहेको बेला एकजना अभियुक्तले इजलासभित्रै जोडदार आवाज सहित प्वाँ………. पारिदिएपछि स्थिति असामान्य बन्यो । अरु त बोल्न सकेनन् तर न्यायाधीश भने रिसले आगो भए र इजलासमै पाद्ने व्यक्तिलाई बेवकुफ भनेर गाली गरे ।
अहिले सोसल मिडियामा इजलासभित्र अभियुक्तले ग्यास छाडेको र न्यायाधीशले गाली गरेको भिडियो भाइरल बनेको छ । भिडियोमा एकजना न्यायाधीश एक अभियुक्तसँग कुराकानी गरिरहेको देखिन्छ । त्यहीँ समयमा इजलासमै प्वा….. गरेको ठूलो आवाज गुन्जिन्छ । न्यायाधीश झनक्क रिसाउँछन् र कराउँछन् ‘यो के हो ?’ त्यसपछि एकजना अभियुक्तले अर्को अभियुक्तप्रति संकेत गर्दै त्यो उसले गरेको बताउँछन् । तर न्यायाधीशको रिस थामिँदैन । प्वा… पार्ने ती अभियुक्तले गल्तीका लागि माफी माग्छन् । तर न्यायाधीशले माफी स्विकार्य नभएको भन्दै उसलाई बेवकुफ भनेर झपार्छन् ।
सवालजवाफ यत्तिमै रोकिँदैन । अभियुक्तले आफुलाइ पेटको समस्या भएको र ग्यास छाडिरहनुपर्ने प्रष्टिकरण दिन्छन् । न्यायाधीशले भने त्यो पत्याउँदैनन् र भन्छन्, ‘तिमीले यसो गर्न पाउँदैनौँ । तिम्रो व्यवहार निकै खराब छ । यो निकै गलत कुरा हो ।’ त्यसपछि स्थिति साम्य हुन्छ । न्यायाधीशले पूर्ववत रुपमा आफ्नो सुनुवाइको कार्य अघि बढाउँछन् ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment