"सिर्जना श्रेष्ठ र धुर्ब सुनारविच नमूना अन्तरजातिय विवाह सम्पन्न"

Loading...

कार्तिक ९ । गुल्मीका युवा धुर्ब सुनार र पाल्पाकी सिर्जना श्रेष्ठ विच परिवारको समझदारीका आधारमा नमूना अन्तरजातिय विवाह सम्पन्न भएको छ ।  शिक्षा , सभ्यता र सम्पति जातिय विभेद निको पाटोका रुपमा हाम्रो समाजमा पछिल्लो समयमा रहदै आएको छ ।समाजमा जातिय विभेद हट्दै गइरहेका घटनाहरु एकपछि अर्को हुदै गइरहेका छन । बर्तमान नेपाली समाज धेरै नै वैज्ञानिक र व्यवहारिक हुदै गइरहेको छ । यसको मुख्य आधार शिक्षा नै हो ।

“सदरमुकाम तम्घासबाट चिल्लो कारमा चढेका दलित परिवारका वेहुला र वसभरी चढेका जन्तीलाई स्वागत गर्न आतुर थिए । पाल्पाको अर्गेलीका श्रेष्ठ परिवारहरु अर्थात पारी रिडी घर भएका श्रेष्ठ परिवारकी छोरी सिर्जनाले रेसुङ्गा नगरपालिका १० उपल्लो तम्घासका धुर्ब सुनार संग भागि विवाह गरेकी थिईन् । तर सुरुमा उनिहरु भागेपनि कतिपय अन्य परिवारको जस्तै सधैका लागि भाग्न र वहिस्कृत हुन परेन् । उनिहरुलाई श्रेष्ठ परिवारले सहर्ष स्वीकार गर्यो र विधिवत विवाहको प्रस्ताव राख्यो । नभन्दै उनिहरुले यस जिल्लामै नमुना अन्तरजातिय विवाह गरेर देखाइदिए “

श्रेष्ठ परिवारले कुनैपनि समुदाय र दाजुभाइहरुबाट धम्की सुन्नु पर्न । सबै एक मत थिए । यताबाट गएका पुरै दलित समुदायका जन्तीहरुको भव्य स्वागतकालागि श्रेष्ठ परिवार स्रिडीको पुल सम्म आईपुगेका थिए ।

वेहुला-वेहुलीलाई हातमा समातेर घरको ढोका अगाडी सजाईएको विवाह मण्डमा लगेर उभ्याउँदै उनिहरुको पाउ वरीपरी आम्खराको जलले पुज्दै विधिवत विवाह र टिकाटाला सुरु गरिएको थियो । श्रेष्ठ परिवारका सवै सदस्य र उनिहरुका आफन्तजनले टिका टालामा कत्ति पनि संकुचन नराखेर उच्च स्वागत गर्दै सम्पन्न गरेका थिए ।

सम्देलो गर्न सिर्जनाकी आमा सुरुमा आईन् । सम्दीना अम्वीका सुनारलाई बाँजोडेर चिनो साटा साट गरिन् । उनका श्रीमानको मृत्यु भइसकेकाले सम्दी टोपबहादुर सुनारलाई पनि उनि र उनका जेठा छोराले औठी लगाई दिएर सम्देलो गरे । त्यो दृश्य नियाल्न पारी पट्टी निकै मानिसहरुको घुईचो थियो ।




जातिय विभेदपनि हरायो भन्नेहरुको जमात ठुलै थियो । अहिले कतिपय दलित परिवारका विवाह भोज भतेरहरु दुई वटा बनाएर आफैले विभेदलाई संस्थागत गर्न खोजिरहेका वेला त्यस श्रेष्ठ परिवारले भने सामुहिक भतेरको व्यवस्था गरेका थिए  ।

जिल्लामा सम्भवत यस्तो विवाह पहिलो पटक भएको कुरा जिल्लाका दलित अधिकारकर्मीहरुले बताए । वेहुलाका भिनाजुको हैसियतबाट जन्ती गएका नेपाल दलित संघका जिल्ला अध्यक्ष झविन्द्र बिकले त्यस विवाहलाई अहिले सम्मकै उदाहरणीय विवाहको सज्ञा दिए । रिडी नै घर भएका त्यस विवाहमा शरिक नेकपा एमालेका अगुवा कार्यकर्ता रामलाल बिकले यस्ता विवाहरु हुँदै जान थाले जातिय विभेद स्वतः हट्ने प्रतिकृया दिए ।

सुनार परिवार तम्घासका पुर्खेयौली देखि खानदानी परिवार मानिन्छन् । उनिहरु सदरमुकाम तम्घासका पुराना सुन चाँदी व्यवसी पनि हुन् । सिर्जनाका माईतजन पनि प्रतिष्ठीत परिवारका हुन् । यि दुई सम्पन्न परिवार विच भएको विधिवत अन्तरजातिय विवाहलाई अव सवैले सहजरुपमा लिएर बढवा दिन जरुरी देखिन्छ ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment