बंगलादेशको चामल दुर्गम ८ जिल्लामा तत्काल पठाउन प्रचण्ड सरकारको निर्देशन

Loading...

काठमाडौं – सरकारले गत वर्षको भूकम्पका बेला बंगलादेशले दिएको अनुदानको चामल दुर्गम ८ जिल्लामा तत्काल पुर्याउन नेपाल खाद्य संस्थानलाई निर्देशन दिएको छ।

आपूर्तिमन्त्री दीपक बोहराको अध्यक्षतामा बुधबार बसेको पर्यटनमन्त्री जीवनबहादुर शाही र कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदसहित बैठकले यस्तो निर्णय गरेको हो।

आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले कर्णालीका ५ जिल्लासहित गोरखा, बझाङ र बाजुरामा भोकमारीको समस्या आउन सक्ने भएकाले बंगलादेशको चामल पुर्याउनने निर्णय गरिएको जानकारी दिए।

बंगलादेशले डेढ वर्षभन्दा अनुदानमा चामल दिएको थियो।कारोबार दैनिकबाट

Share on Google Plus

About Admin

0 comments:

Post a Comment