घरपालुवा कुकुरलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

Loading...

एजेन्सी, ९ कात्तिक - घरपालुवा कुकुरलाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

भारतको हैदरावादको शास्त्रीपुरम इलाका कुकुरसँग अप्राकृतिक मैथुन गर्ने असलम खानलाई प्रहरीले पक्राउ गरेको हो। खान दिल्लीका बासिन्दा हुन्। उनी साथीलाई भेट्न शास्त्रीपुरम पुगेका थिए।

शास्त्रीपुरमा बस्ने जहाँगीरको घरपालुवा कुकुर बिहान करिब ८ बजेको समयमा एक्कासी कराएपछि उनले आफ्ना छोरालाई कुकुरको अवस्था बुझ्न पठाएका थिए। छोराले कुकुर कराएको ठाउँमा हेर्दा असलम कुकुरसँग अनैतिक सम्बन्धमा थिए।

परिवारका सदस्यले असलमलाई कराएपछि उनी त्यहाँबाट भागेका थिए। केहीबेरमा स्थानीयले पक्राउ गरी उनलाई प्रहरीको जिम्मा लगाएका थिए।

यसैबीच उक्त घटनापछि घाइते भएको कुकुरको ज्यान गएको छ। मृत कुकुरको पोष्टमार्टममा लागि पशुअस्पताल पठाइएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment