'म खुकुरीको धारमा हिँडेको कस्लाई के थाहा !' : प्रचण्ड,

Loading...

काठमाडौं, ५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई खुकुरीको धारमा हिँड्नु परेको र त्यसको महशुस आँफुलाई मात्रै भएको गुनासो गरेका छन् । नेकपा माओवादी केन्द्र र विद्रोही माओवादीबीचको पार्टी एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले भने आफ्नो सरकार बनेको दिनदेखि नै झुटा प्रचार र षड्यन्त्र सुरु भएको र आफूलाई अहिले पहिलो पटक प्रधानमन्त्री हुँदा जस्तो सजिलो नभएको उनको तर्क थियो । सो अवसरमा प्रचण्डले आफूले माओवादीहरुलाई एकतावद्ध गरेको र सन्तुलित विदेश नीति लिन खोजे पनि यहाँका राजामहाराजालाई त्यो सैह्य नभएपछि त्यसको सकस आँफुलाई परेको उनको तर्क थियो । प्रचण्डले आफ्नो सरकार बनेको दिनदेखि नै झुटा प्रचार र षड्यन्त्र सुरु भएको गम्भिर आरोप समेत लगाउन भ्याए ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment