सिरियामा हवाई आक्रमणमा परी २२ जनाको मृत्यु

Loading...

सिरिया, ११ कात्तिक । सिरियाको उत्तरपश्चिमी क्षेत्रमा पर्ने विद्रोहीले कब्जा गरेको इदलिबमा बुधबार भएको हवाई आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको अनुगमन टोलीले मृतकमध्ये झन्डै आधा सङ्ख्या बालबालिकाको रहेको जनाएको छ ।इदलिबको छेउतिर पर्ने हास सहरमा रहेको एक विद्यालयको प्राङ्गणमा हवाई आक्रमण भएको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ । सो संस्थाले हवाई आक्रमणमा रुसका युद्धक विमानहरुको संलग्नता रहेको हुनसक्ने बताएको छ । अधिकारीक कुनै विवरण नआएकाले अहिलेसम्म प्राप्त विवरणहरुको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन । इदलिब अतिवादी समुहको नियन्त्रणमा रहेको क्षेत्र हो । त्यस क्षेत्रलाई लक्षित गरेर धेरै हवाई आक्रमणहरु हुने गरेका छन् । सिन्ह्वा

Share on Google Plus

About Admin

0 comments:

Post a Comment