लोकमानका कान पड्काउँदा प्रचण्डलाई किन ज्वरो आयो ?

Loading...
काठमाडौँ, ६ कात्तिक - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोगको दर्ता भएपछि पक्ष र विपक्षमा चर्को बहस चलिराखेको छ।

लोकमानलाई महाअभियोग लगाउदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट देखिपछि उनको आलोचना धेरै भइराखेको छ।

लोकमान र प्रधानमन्त्री प्रचण्डका विषयमा सबैभन्दा धेरै बहस सामाजिक सञ्जालमा छ। यो बहसमा लेखक खगेन्द्र संग्रौला समेत सहभागी भएका छन्। संग्रौला ट्वीट गर्छन्, लोकमानका कान पड्काउँदा पुष्पकमललाई किन ज्वरो आएको ?

संग्रौलाले व्यङ्ग्यात्मक शैलीमा सरकारको कार्यकारी पुष्पकमल दाहाल अर्थात् पीके हुन् कि लोकमान कार्की अर्थात् लोके भनेर प्रश्न गरेका छन्। उनले लोकमान काण्डमा जसले खुट्टा कमाउछ ऊ सकिने समेत दाबी गरेका छन्।

संग्रौलाले भनेका छन्, लोकमानका कान पड्काउँदा पुष्पकमललाई किन ज्वरो आएको ? सरकारका कार्यकारी पीके हुन् कि लोके ? यो माम्लोमा जो खुट्टा कमाउँछ, त्यसका दिन सकिए। अन्नपूर्ण पोस्टबाट साभार
Share on Google Plus

About Admin

0 comments:

Post a Comment