भारतलाई पछार्दै नेपाल बन्यो दक्षिण एशियाकै ‘नम्बर वान’ राष्ट्र, चीनसमेत नेपालभन्दा पछि

Loading...

काठमाडौं,८ कात्तिक । दक्षिण एशियामा सबैभन्दा राम्रो कानुनी राज्य भएको देश नेपाल बन्न पुगेको छ । वर्ल्ड जस्टिस प्रोजेक्टले सार्वजनिक गरेको रुल अफ ल इन्डेक्स २०१६ मा नेपाल दक्षिण एसियाका अन्य राष्ट्रलाई पछि पार्दै पहिलो नम्बरमा आउन सफल भएको हो ।


विश्वका ११३ देशको सूचीमा नेपाल ६३ औं स्थानमा परेकोे छ । नेपालभन्दा भारत ३ नम्बर पछाडि अर्थात ६६ औँ स्थानमा रहेको छ । विश्वमा सबैभन्दा राम्रो कानुनी राज्य भएको देश डेनमार्क बनेको छ । दोश्रोमा नर्बे, तेश्रोमा फिनल्याण्ड, चौथोँमा स्वीडेन र पाचौँमा नेदरल्याण्ड पर्न सफल भएका छन् ।


दक्षिण एसियामा भारतपछि श्रीलंका ६८, बंगलादेश १०३, पाकिस्तान १०६, अफगानिस्तान १११ औँ स्थानमा रहेका छन् । त्यसैगरी छिमेकी मुलुक चीन ८० औँ स्थानमा रहेको छ । नेपाल भारत र चीनभन्दा राम्रो कानुनि राज्य भएको देश बन्न सफल भएको हो ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment