छापामार शैली नअपनाएको भए महाअभियोग प्रस्ताव कब्जा हुन सक्थ्यो’,

Loading...
काठमाडौँ, कात्तिक ८-अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावको प्रस्तावक बनेका माओवादी केन्द्रका सांसद् महेन्द्रबहादुर शाहीले विपक्षीबाट आफूलाई धम्की आएको बताएका छन् । उनले विपक्षी कार्की पक्षबाट मात्र नभइ आफ्नै पार्टीभित्रैबाट पनि दबाब र धम्की आएको जनाए ।

महाभियोग लगाउने निर्णय व्यक्तिगत नभई पार्टीको भएकाले कसैको दबाबले आफूलाई फरक नपारेको उनले बताए । महाअभियोग प्रस्तावबाट माओवादी पछि हट्न सक्नेमा शंका नगर्न उनले आग्रह गरे ।

उनले कांग्रेससहित तीन दलीय सहमति गर्न लागेको भए महाभियोग प्रस्ताव आउनै नपाउने भएकाले छापामार शैलीमा दर्ता गर्नुपरेको खुलाए ।

महाभियोग प्रस्ताव दर्ता हुनुअघि नै कार्कीले प्रतिशोध साँध्ने तयारी गरेकाले आफ्नै पार्टीका कतिपय सांसदलाई पनि झुक्याउनुपरेको उनले स्पष्ट पारे। ‘महाभियोग लगाउनुपर्छ भन्नेमा सबै सांसद अहिले पनि सहमत छन्,’ शाहीले भने,
‘दर्ता गर्नुअघि जानकारी नदिइएको भन्ने गुनासो स्वाभाविक हो । केही ढिला गरेको भए प्रस्ताव दर्ता हुनै पाउने थिएन, खेल अर्कै भइसक्ने थियो ।’

उनले कांग्रेसलाई पर्खिएको भए महाभियोग प्रस्ताव दर्ता हुन नसक्ने देखेरै एमालेसँग मिलेर रातारात दर्ता गर्नुपरेको बताए । ‘छापामार शैली प्रयोग नगरेको भए गुन्डाले टेन्डर कब्जा गरेजस्तै यो प्रस्ताव कब्जा हुन सक्थ्यो,’ शाहीले भने, ‘कांग्रेस अझै पनि अलमलमा पर्नु र त्यस पार्टीका नेताले अनेकथरी कुरा गर्नुले पनि त्यो आशंका पुष्टि गरेको छ।’

मुख्यमुख्य नेतालाई अभियोग लगाएर जेल हाल्ने र सत्ता समीकरण राजनीतिमा उथलपुथल ल्याउने कार्कीको तयारी बुझेर नै उनीविरुद्ध महाभियोग लगाउन एमाले र माओवादी केन्द्र एकठाउँमा आएको शाहीले बताए ।

औपचारिक निर्णय माओवादी केन्द्रमा र एमाले दुवै दलमा नभएको कुरा वुझ्न जरुरी भएको उनले बताए। व्यक्तिगत ढंगले सांसदहरुले आफ्नो अधिकार प्रयोग गरेका भएकाले यसलाई यही रुपमा वुझन पर्ने उनले बताए । ‘हामीले कांग्रेसका कतिपय साथीहरुसाग सल्लाह गरेकै थियौं, महाअभियोग प्रस्ताव हालौ भन्नेकै थियौं शाहीले भने ‘हामी गलत बाटो नै हिाडेका रहेछौं, गलत निर्णय लिएका रहेछौं भने भोलि खारेज हुन्छ ।’ तर, कांग्रेसका साथीहरुले संस्थागत निर्णय नभएसम्म सही गर्न सक्दैनौं भनेपछि एमालेका साथीहरुले हस्ताक्षर गरेका उनले बताए । आजको नागरिक दैनिकमा खबर छ ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment